
काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति, पूर्वमन्त्री धनराज गुरुङले स्याङ्जाका सडकहरुलाई जोखिममुक्त बनाउने अभियानमा लागेको बताएका छन्।
नेपाली काङ्ग्रेस स्याङ्जा काठमाडौं सम्पर्क समितिले शनिबार गोधुली फुडल्याण्डमा आयोजना गरेको नव बर्ष २०८२ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले सिद्धार्थ राजमार्गको स्तर उन्नति देखि भित्री सडकहरु जोखिममुक्त बनाउने अभियानमा लागेको बताएका हुन्।
विकास निर्माणमा राजनीति गर्न नहुने भन्दै सबै मिलेर मात्रै जिल्लाको विकास सम्भव हुने बताए। कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै उनले एक पार्टीले अर्को पार्टीलाई गाली गर्दैमा गणतन्त्र बलियो नहुने धारणासमेत राखे।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी