//
logo

आइतबार, जेष्ठ १२ २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ १२ आइतबार

शान्ती श्री परियारको ‘टिस्टा खोला’ सार्वजनिक (भिडियोसहित)

शान्ती श्री परियारको ‘टिस्टा खोला’ सार्वजनिक (भिडियोसहित)


  • आइतबार, जेष्ठ १२ २०८२
  • 4.5K
    SHARES

    काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा शान्ती श्री परियारको नाम निकै चर्चामा छ । उनी पछिल्लो समयकी चर्चित र व्यस्त गायिका हुन् । उनै गायिका परियारका श्रीमान नारायण भुजेल पनि एउटा कुशल सर्जक हुन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । भुजेलले आधुनिक र लोक विधामा कलम चलाउँदै आएका छन् । उनले लेखेका केही गीत सार्वजनिक भइरहेका छन् भने भर्खरै नयाँ गीत ‘टिस्टा खोला’ सार्वजनिक भएको छ ।

    उत्कृष्ट शब्द र सुमधुर संगीत रहेको सो गीतमा शान्ती श्री आफैंले लगानी गरेकी छन् । गीतमा शान्तीलाई आवाजमा लोकप्रिय गायक अर्जुन सापकोटाले साथ दिएका छन् । गीतको संगीत पनि शान्ती श्री आफैंले तयार गरेकी हुन् ।

    गीतको भिडियोमा लोकप्रिय निर्देशक जेरी भण्डारीले उत्कृष्ट निर्देशन प्रस्तुत गरेका छन् । भिडियोमा सुरेश कोहली, शान्ती श्री परियार लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ । गीतको संगीत संयोजन सुदीप सागरले गरेका छन् ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech