//
logo

आइतबार, जेष्ठ १२ २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ १२ आइतबार

ललितपुर नखिपोटमा झण्डै एक करोड लगानीमा खुल्यो ‘गोर्खे पब’

ललितपुर नखिपोटमा झण्डै एक करोड लगानीमा खुल्यो ‘गोर्खे पब’


  • आइतबार, जेष्ठ १२ २०८२
  • 4.5K
    SHARES

    ललितपुरको नखिपोट राजकुलो मार्गमा अत्याधुनिक सेवा सुविधासम्पन्न गोर्खे पब रेस्टुरेन्ट सञ्चालनमा आएको छ । करिब एक करोडको लगानीमा उक्त रेस्टुरेन्ट युवा व्यबसायी अनिस अधिकारीले सञ्चालनमा ल्याएका छन् ।

    घर तथा अफिसमा खाना तथा खाजा डेलिभरी सुविधा रहेको यस गोर्खे पब मनोरम शान्त वातावरणमा फेमिलीको लागि बस्ने छुट्टाछुट्टै रुम, यथेष्ट पार्किङको समेत ब्यवस्था रहेको छ । गोर्खे पब रेस्टुरेन्टमा, पारिवारिक भेटघाट, बर्थडे, गुन्यु चोली, बिवाह, बर्तबन्ध, बिभिन्न किसिमको मिटिङ, सभा लगायतको अन्य शुभकार्य गर्न सकिन्छ। गोर्खे पबले प्रत्यक्ष रुपमा २० जनालाई रोजगारी प्रदान गरेको छ । साँझ ख्याति प्राप्त राष्ट्रिय स्तरका कलाकारद्वारा प्रत्येक शुक्रबार र शनिबार ‘लाइभ म्युजिक पर्फमेन्स’को समेत व्यवस्था गरिएको छ । रुफ टपमा बसेर स्वादिष्ट परिकारको साथमा वरपरको दृश्य हेर्दै रमाउन सकिन्छ ।

    गोर्खे पब रेस्टुरेन्टमा स्वादिष्ट खानाका पारखी पाहुनाहरूलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा सञ्चालनमा ल्याइएको छ । पाहुनाको चाहना अर्डर अनुसारको मासुको उत्कृष्ट परिकार साथै हाइजेनिक खाना तथा गुणस्तरीय
    खानाका पारखीहरूका लागि सस्तो मूल्यमा उत्कृष्ट खाना र पेयहरू उपलब्ध गराउने लक्ष्य सहितको गोर्खे पब रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो। रेस्टुरेन्टमा अलग अलग किसिमको झन्डै १०० भन्दा बढी प्रकारहरुको स्वादसँगै रमाउन
    सकिन्छ । यहाको स्पेशल भने सेकुवा हो, सेकुवालाई कोईलाबाट भट्टिमा पोलिन्छ ।

    रेस्टुरेन्ट सञ्चालक अनिस अधिकारीका अनुसार आफु थाईल्याण्ड धुम्न जादा त्यहाका रेष्टुरेन्टहरु असाध्यै मन परेकाले त्यस्तै शैलीमा आफुले गोर्खे पब संचालनमा ल्याएको बताएको छन् ।

    पछिल्लो समय महङ्गी बढेसंगै होटल तथा रेस्टुरेन्टमा उत्पादित खानामा गुणस्तर खस्कदै गएकाले यहाँ निकै रिजनेबल प्राइजमा सेवा सुविधायुक्त गुणस्तरीय र स्वास्थ्य खाना खुवाउनका लागि उक्त रेस्टुरेन्ट स्थापना गरिएको उनले बताएका छन्। रेस्टुरेन्टमा एकैपटक १५० जनालाई सेवा दिन सक्ने क्षमता छ।

     

     

     


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech