//
logo

शुक्रबार, जेष्ठ २४ २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ २४ शुक्रबार

रविन लामिछानेको गोरखा घर काठमाडौँ डेरा सर्वाधिक चर्चामा

रविन लामिछानेको गोरखा घर काठमाडौँ डेरा सर्वाधिक चर्चामा


  • बुधबार, जेष्ठ १५ २०८२
  • 58.5K
    SHARES

    प्रत्यक्ष दोहोरी गायनबाट खारिएर आएका गायक रविन लामिछाने अब्बल सिर्जनाका धनी हुन् । उनको शब्द रचना, संगीत सिर्जना सँगै सुमधुर आवाज हुनुले उनीभित्र संगीतको त्रिवेणी भेटिन्छ । पछिल्लो एक दशक उनको चर्चा परिचर्चाले उचाइ चुमेको छ । प्रतियोगितात्मक दोहोरी गायनमा एकपछि अर्को प्रतिस्पर्धाबाट प्रतियोगिताको प्रथम स्थान ओगट्न सफल हुन् गायक लामिछाने । मुलुकभित्र हुने विभिन्न जिल्ला, राष्ट्रियस्तरका प्रतियोगितामा धेरैपटक प्रथम, द्वितीय हुँदै आएका छन् । गायनभित्र संघर्षका शब्दशिल्पीलाई स्रोतासामु पस्किँदा सरल र सभ्य रुपमा उनको प्रस्तुति रहँदै आएको भेटिन्छ । रविन लामिछाने पछिल्लो पुस्ताका एक अब्बल गायक हुन् । उनै गायक एवं गीतकार रविन लामिछानेको शब्द, संगीत र स्वर रहेको ‘गोर्खा घर काठमाडौँ डेरा’ गीत सार्वजनिक भएको छ ।

    गोर्खा घर काठमाडौँ डेरा
    मेरो माया हाँसिदेउ एकफेर

    पछिल्लो समय यो गीत सामाजिक सञ्जाल युट्युब देखि टिकटकसम्म निकै भाइरल भई रहेको छ। यस गितमा गोर्खाका अत्यन्तै रमणीय, पर्यटकीय, ऐतिहासिक एवम् धार्मिक स्थलहरूलाई समावेश गरिएको छ । निर्जला रोधी घरबाट पाँच दिनअघि सार्वजनिक भएको गीतलाई दर्शक श्रोताले सर्वाधिक रुचाएका छन्।  । गीतमा रविनलाई सुमधुर आवाजकी धनी गोरखाकै गायिका निर्जला गुरुङले साथ दिएकी छिन्। निर्जला गुरुङको प्रस्तुतिमा रहेको गितलाई कृष्ण लामिछानेले एरेन्ज गरेका हुन् भने मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

    गीतको भावले पनि यथार्थ जीवनमा घटेको घटनालाई समावेश गरेको छ। गाउँमा जन्मे, हुर्के, पढेंसंगै उच्च शिक्षा हासिल गर्न होस् या रोजगारीका लागि होस् सहरमा जाने गरिन्छ । सहरमा गएर डेरा लिएर बसिन्छ। तसर्थ गीतकार रबिन लामिछानेले गीतमा भनेका छन् गोरखा घर काठमाडौँ डेरा

    सुन्दा निकै आनन्द आउने र नाचौं नाचौं लाग्ने गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । गीतको लय शब्द र गायन जति उत्कृष्ट बनेको छ, त्यतिनै उत्कृष्ट भिडियो बनेको छ । पछिल्लो समय मौलिक गीतहरूलाई निर्देशन गरेर आफ्नो छुट्टै पहिचान बनाएका लोकप्रिय निर्देशक दिप गुरुङले निर्देशन एवं कोरियोग्राफी गरेको भिडियोमा आनन्द गुरुङ, लक्ष्मी गुरुङ, मनोज गुरुङ र मिरा गुरुङको अभिनय देख्न सकिन्छ। विजय लामाले छायांकन गरेको गीतको म्युजिक भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका छन् ।

    रबिनले गीत सार्वजनिक गरेसँगै धेरै गोर्खालीहरुले उनलाई बधाई एवं शुभकामना दिएका छन्। दर्शक श्रोताबाट पनि रबिनलाई उस्तै सकारात्मक प्रतिक्रिया आइरहेका छन्। गित सार्वजनिक भएपछी कान्तिपुर पाटीसंग कुरा गर्दै गायक लामिछानेले भनेका छन्:

    दर्शक स्रोतबाट सकारात्मक प्रतिकृया पाईरहेको छु, यसपालि आफ्नै जिल्लासँग नजिकिएर जिल्लाका भूगोल, धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेका विषयलाई गीतमा उठान गर्न पाउदा गर्व महशुष गरेको छु । धेरै गोर्खालीहरूले मलाई फोन, म्याजेस मार्फत गोरखा चिनाउने गित बनाएको भन्दै शुभकामना दिईरहेको पनि बताएका छन् । मेरो गितमा धेरैले टिकटक बनाएर गोरखाका रमणीय, ऐतिहासिक, पर्यटकीय र धार्मिक स्थलहरूलाई संसारभर देखाई दिनु भएको छ । अझै धेरैले टिकटक बनाएर सहयोग गरिदिन अनुरोध गरेका छन् ।

    रबिनको यस गीतले गोरखा पर्यटन वर्षलाई सफल पार्न समेत ठूलो भूमिका निर्वाह गर्नेछ।  रबिनको केही दिनअघि सार्वजनिक भएको युके बेलायत बोलको गीत पनि यतिबेला सर्वाधिक चर्चामा छ।

    हेर्नुस भिडियो :


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech