//
logo

आइतबार, जेष्ठ २६ २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ २६ आइतबार

दिपेन्द्र आलेको नयाँ लोकदोहोरी गीत ‘सत्य रामराम’ सार्वजनिक

दिपेन्द्र आलेको नयाँ लोकदोहोरी गीत ‘सत्य रामराम’ सार्वजनिक


  • शुक्रबार, जेष्ठ १७ २०८२
  • 12.6K
    SHARES

    सर्जक तथा गायक दिपेन्द्र आलेको नयाँ लोकदोहोरी गीत ‘सत्य रामराम’ सार्वजनिक गरिएको छ। सोमवार दिपेन्द्र आलेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा आले स्वयं र लोकगायिका शान्ती श्री परियारको स्वर रहेको छ।

    अर्जुन कौशलको संगीत र एरेन्जमा तयार गरिएको गीतमा नेपाली सिने क्षेत्रका महानायक राजेश हमाल र लोकप्रिय नायिका प्रियंका कार्कीले अभिनय गरेका छन्। पछिल्लो समय निकै चर्चा कमाएका निर्देशक मौसम हिमालीको निर्देशनमा भिडियो तयार पारिएको हो।

    डेढ दशकभन्दा लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय दिपेन्द्र आलेका यसअघि ‘रुदै हिड्न कस्लाई मन छ र’, ‘हितको परानी’, ‘हिले खबर’, ‘सालैजो के छ सानु खबर’, मै हुँ रिजाउने’ जस्ता दर्जनौं लोकदोहोरी गीतहरू सार्वजनिक भइसकेका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech