
काठमाडौँ । यस वर्षको ‘प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२’ वरिष्ठ गायिका मीरा राणालाई प्रदान गरिने भएको छ । उनलाई सम्मानसँगै एक लाख एक हजार रुपैयाँ नगद राशि प्रदान गरिने छ । गायक प्रेमध्वज प्रधानको जन्मजयन्तीको अवसर पारेर ‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ले नेपाली गीतसङ्गीत क्षेत्रका चार विशिष्ट व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
प्रत्येक दुई वर्षमा प्रदान गरिने उक्त सम्मान तथा पुरस्कार यही जेठ २७ गते स्वर्गीय प्रधानकै जन्मथलो सिन्धुपाल्चोकको चौतारामा आयोजना गरिने प्रतिष्ठानकी कोषाध्यक्ष भुवन मास्केले जानकारी दिइन् । उनका अनुसार प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा गायक प्रधानकी धर्मपत्नी श्रीमती किरण प्रधानको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
त्यसैगरी, ‘प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यसङ्गीत सम्मान २०८२’ बाट वरिष्ठ वाद्य सङ्गीत निर्देशक मोहनकृष्ण कार्की ढली र गायक सुरजकुमार थापालाई ‘प्रेमध्वज प्रधान राष्ट्रिय युवा सङ्गीत पुरस्कार २०८२’ प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि रु ५० हजार एक छ ।
यसैगरी, सिन्धुपाल्चोक निवासी प्रतिभावान गायक चन्द्रसिंह घलेलाई ‘प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा सङ्गीत पुरस्कार २०८२’ प्रदान गरिनेछ । यस पुरस्कारको राशि रु २५ हजार एक रहेको प्रतिष्ठानकी कोषाध्यक्ष मास्केले जानकारी दिइन् । नेपाली सङ्गीत क्षेत्रमा योगदान पुर्याएका स्रष्टालाई सम्मानित गर्दै आएको प्रतिष्ठानले यस वर्ष पनि विभिन्न विधामा योगदान दिने कलाकारलाई छनोट गरी सम्मान गर्न लागेको हो ।
-
रविन लामिछानेको गोरखा घर काठमाडौँ डेरा सर्वाधिक चर्चामा
-
कोटिहोममा कथा वाचन गर्न जेठ १६ गते भागवत मञ्जरी राधिका दासी आउने
-
कोटीहोममा प्रवचन दिन राधिका दासी पोखरामा, १५ लाख बढी भक्तजन
-
पर्वत कलाकार समाज नेपालको अध्यक्ष र महासचिवमा कृष्ण समिप सुबेदी र सुजन बराईली निर्बिरोध निर्वाचित
-
धादिङ्ग जिल्लामा राजनीतिक खवरदारी, राजनीतिक प्रशिक्षण तथा हस्ताक्षर अभियानको सम्पन्न