
काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले २०८२ साल जेठको १५ गते गणतन्त्रको अन्त्य हुने दाबी गरेका छन् ।
शनिबार काठमाडौँमा आयोजित पृथ्वीपथको आवश्यकता प्रबुद्ध वर्गको सोच विषयक कार्यक्रममा गुरुङले देशमा जेठको १५ गते गणतन्त्रको घोषणा भएकाले २०८२ साल जेठको १५ गते नै गणतन्त्रको अन्त्य हुने दाबी गरेका हुन् । उनले भारतका ९९ प्रतिशत मिडियाले नेपालमा राजतन्त्र आउने र हिन्दु राष्ट्र स्थापित हुन्छ भनिरहेको जिकिर गरे । पूर्वसेनापतिको पनि अन्तर्वार्ता आएको उनले बताए ।
‘कुनै मान्छे मर्नुपर्यो भने उसको जन्मबार, तीथि, नक्षत्रमा मर्छ भन्ने मान्यता छ । यो गणतन्त्रको घोषणा जेठको १५ गते भएको होइन ? यसको अन्त्य पनि २०८२ सालको जेठको १५ गते हुन्छ,’ उनले भने । उनले आफूहरूको अबको आन्दोलनका बारेमा छिटै जानकारी दिने बताए ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी