
काठमाडौं– काठमाडौंको बसुन्धरामा अवस्थित साउथवेष्टन स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी र ग्रीन सिटी अस्पतालबीच आपसी सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्झदारीपत्रमा कलेजका क्याम्पस चिफ इन्जिनियर दीपकबहादुर धामी र अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले हस्ताक्षर गरेका छन्।
यस समझदारीअनुसार, कलेजका विद्यार्थी र कर्मचारीहरूलाई अस्पतालका सेवामा १५ प्रतिशत सम्म छुट प्रदान गरिनेछ भने अस्पतालका कर्मचारीका छोराछोरीलाई कलेजमा २० प्रतिशत सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
साथै, विद्यार्थीहरूका लागि हेल्थ क्याम्प आयोजना गर्ने र इन्टर्नशिपको अवसर उपलब्ध गराउने सहमति पनि भएको छ।
आपसी सहकार्य, छात्रवृत्ति तथा अस्पतालमा उपलव्ध सेवाहरुमा छुट प्रदान गर्ने गरी भएको यो सहकार्यबाट अस्पताल तथा कलेजका कर्मचारी र विद्याथीहरु लाभान्वित हुने विश्वास दुवै पक्षले लिएको छ ।
-
रविन लामिछानेको गोरखा घर काठमाडौँ डेरा सर्वाधिक चर्चामा
-
कोटिहोममा कथा वाचन गर्न जेठ १६ गते भागवत मञ्जरी राधिका दासी आउने
-
कोटीहोममा प्रवचन दिन राधिका दासी पोखरामा, १५ लाख बढी भक्तजन
-
धादिङ्ग जिल्लामा राजनीतिक खवरदारी, राजनीतिक प्रशिक्षण तथा हस्ताक्षर अभियानको सम्पन्न
-
पर्वत कलाकार समाज नेपालको अध्यक्ष र महासचिवमा कृष्ण समिप सुबेदी र सुजन बराईली निर्बिरोध निर्वाचित