logo

सोमबार, जेष्ठ २७ २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ २७ सोमबार

गीतकार तथा प्रहरी निरीक्षक भुपेन्द्र बुढाथोकीलाई सर्वोत्कृष्ट गीतकारको अवार्ड

गीतकार तथा प्रहरी निरीक्षक भुपेन्द्र बुढाथोकीलाई सर्वोत्कृष्ट गीतकारको अवार्ड


  • सोमबार, जेष्ठ २७ २०८२
  • 4.9K
    SHARES

    काठमाडौं । १२औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न भएको छ । राजधानीको तिलगंगा स्थित बेस्ट वेस्र्टन प्लस होटलमा हिजो शुक्रबार आयोजित कार्यक्रममा म्यूजिक खबर अवार्डका सल्लाहकार राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्मानीय मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा विशिष्ट गीतकार निर्देशक यादव खरेललाई दीर्घ साधना सम्मान अर्पण गरिएको थियो । माननीय मन्त्री पाण्डे, बिशिष्ट गीतकार राजेन्द्र थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, कार्यक्रमकी संयोजक सबिता पोखरेल लगायतले ५१ हजार रुपैयाँ नगद तथा सम्मानपत्रसहित दोसल्ला ओढाएर विशिष्ट गीतकार खरेललाई सम्मान गरेका थिए ।

    अवार्डमा भाग्य लेख्ने भगवान गीतबाट गीतकार तथा प्रहरी निरीक्षक भुपेन्द्र बुढाथोकीले जुरी अवार्ड गीतकारको अवार्ड प्राप्त गरे ।  उनले  रचना गरेको “भाग्य लेख्ने भगवान कहाँ छौ” बोलको मार्मिक तथा भावनात्मक गीतले यस वर्षको जुरिको ध्यान आकर्षित गर्दै अवार्ड जितेको हो। प्रहरी सेवा र साहित्य सिर्जनालाई सँगसँगै अघि बढाइरहेका बुढाथोकीले आफ्नो व्यस्त पेशागत जीवनका बीच पनि समाजलाई प्रतिविम्बित गर्ने गीत/साहित्य सिर्जना गर्दै आइरहेका छन्। उनको गीतले मानव पीडा, नियति र प्रश्नशील चेतनालाई स्पर्श गर्छ, जुन अहिलेको सामाजिक सन्दर्भमा निकै सान्दर्भिक मानिएको छ।

    गीतकार बुढाथोकीले अवार्ड प्राप्त गरेपछि भनेका छन् “यो सम्मानले मलाई अझ प्रेरणा दिएको छ। म संगीत र साहित्यका माध्यमबाट समाजमा सकारात्मक सन्देश दिन निरन्तर लागिरहने छु।” अवार्ड समारोहमा देशभरका कलाकार, सर्जक, संगीतकर्मी तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech