
लोकप्रिय गायिका रचना रिमाललाई आकस्मिक स्वास्थ्य समस्या आएपछि काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरिएको छ । सांगीतिक प्रस्तुति दिन रूकुम पश्चिम गएकी रिमालको पेटमा एक्कासि समस्या देखिएपछि उनलाई तत्काल उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएको हो ।
रचना सोमबार मात्र रूकुम पुगेकी थिइन् र मंगलबार सानिभेरी गाउँपालिकाको बेलटापुमा भइरहेको महोत्सवमा प्रस्तुति दिने कार्यक्रम तय भएको थियो । तर मंगलबार बिहानै पेट दुख्न थालेपछि आयोजक र टोलीले तुरुन्तै नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई रेस्क्यु गरी नेपालगञ्ज ल्याएका थिए ।
त्यसपछि त्यहींबाट उनलाई काठमाडौं ल्याएर ह्याम्स अस्पतालमा भर्ना गरिएको हो । हाल उनी अस्पतालमै उपचाररत छिन् भने स्वास्थ्यको थप विवरण आउन बाँकी छ । स्वास्थ्यमा समस्या देखिएपछि रचना रिमालको प्रस्तुति र कार्यक्रम तालिका स्थगित गरिएको आयोजक स्रोतले जनाएको छ ।
-
कोटीहोममा प्रवचन दिन राधिका दासी पोखरामा, १५ लाख बढी भक्तजन
-
राज कार्की परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा निर्वाचित
-
भक्तजनको आशीर्वादले कोटिहोम ऐतिहासिक
-
धावा–काठमाडौं सम्पर्क समन्वय समितिको भित्तेपात्रो सार्वजनिक
-
बाग्लुङ्गे समाज यूकेको बार्षिक भेटघाट कार्यक्रमको तयारी अन्तिम चरणमा: चर्चित कलाकारहरुको प्रस्तुति रहने