logo

बुधबार, असार ४ २०८२

kantipurpationlinetv

२०८२ असार ४ बुधबार

गोरखा नगरपालिकाद्धारा नीति तथा कार्यक्रमका लागि सुझाव माग

गोरखा नगरपालिकाद्धारा नीति तथा कार्यक्रमका लागि सुझाव माग


  • शनिबार, जेष्ठ ३२ २०८२
  • 3.6K
    SHARES

    गोरखा: गोरखा नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणका लागि राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक नीति तथा कार्यक्रम निर्माणका क्रममा नगरवासीहरू, सरोकारवालाहरू तथा विभिन्न संघसंस्थाबाट राय, सल्लाह र सुझाव संकलनको प्रक्रिया सुरु गरेको हो ।

    नगर प्रमुख कृष्ण बहादुर राना मगरद्वारा जारी सूचनामा आर्थिक वर्षका कार्यक्रमलाई जनमुखी र प्रभावकारी बनाउने उद्देश्यले सबै पक्षको राय अमूल्य हुने बताइएको छ । नगरपालिकाले असार ५ गतेसम्म सुझाव दिन अनुरोध गर्दै विभिन्न संघ, संस्था, बुद्धिजीवी, राजनीतिक दल, सञ्चारकर्मी, पेशाकर्मी, कर्मचारी, व्यवसायी, समाजसेवी तथा आम नगरवासीहरूलाई आफ्नो महत्वपूर्ण सुझाव उपलब्ध गराउन हार्दिक अनुरोध गरेको छ ।

    इच्छुक व्यक्तिहरूले नगरपालिकाले सार्वजनिक गरिएका सूचनामा राखिएको त्तच् कोड स्क्यान गरेर ‘राय सुझाव संकलन फाराम’ भर्न सक्नेछन् । त्यस्तै प्रत्येक वडाको वडा कार्यालयमार्फत पनि सुझाव दिन सकिने व्यवस्था गरिएको छ । नगर कार्यपालिकाको कार्यालयमा व्यक्तिगत रूपमा उपस्थित भएर सुझाव दिन सकिने सुविधा पनि उपलब्ध गराइएको छ ।

    डिजिटल माध्यम प्रयोग गर्न चाहनेहरू नगरपालिकाको इमेल ठेगानामा आफ्नो राय तथा सल्लाह पठाउन सक्ने नगरपालिकाले जनाएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech