
गोरखा । सिरानचोक गाउँपालिका भित्र रहेका उत्कृष्ट उद्यमीहरुलाई आज एक कार्यक्रम बिच सम्मानित गरीएको छ ।
उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, सिरानचोक गाउँपालिका र दायित्व नेपालको बृद्विमुखी कार्यक्रम अन्तरर्गत पालिका भित्र भएका मध्ये ४० जना उत्कृष्ट उद्यमीहरुलाई सम्मान गरीएको हो ।
सम्मानित हुने उद्यमीहरुलाई पालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ, वडा नम्बर ३ का वडाध्यक्ष जगदिश पोखरेल र दायित्वका गण्डकी प्रदेश संयोजक जुनतारा बुढा मगरले अबिर, माला र प्रमाण पत्र दिएर सम्मान गरेका थिए ।
गोरखा जिल्लाको सिरानचोक गाउँपालिकामा मात्र लागु भएको बृद्विमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्वन कार्यक्रम (जिईईपी) कार्यक्रम अन्तरर्गत सहभागी भएका १२५ जना कृषक मध्य ४० जनाको छनौटगरी सम्मान गरीएको दायित्व नेपालका गण्डकी प्रदेश संयोजक जुनतारा बुढा मगरले जानकारी दिए ।
उनका अनुसार छनौट भएका ४० जना उद्यमीलाई शनिबार र आइतबार २ दिन ब्यवसायीक योजना बनाउनको लागी तालिमा प्रदान गरीने भएको छ ।
छनौट भएका ४० जनाले तालिम पश्चात भावि दिनमा कसरी अगाडी बढ्ने भनेर योजना बनाएको आधार पुनः २० जनाको छनौट गरीने छ । बुढा मगरका अनुसार बैशाख २१ गते आइतबार छनौटको काम सम्पन्न हुने छ । उद्यमी छनौटका लागी एक मूल्यांकन समिति समेत बनेको उनले जानकारी दिए । समितिमा पालिका, स्थानिय स्तरमा रहेको उच्च मावि वा क्याम्पसका प्राध्यापक, बैकका प्रतिनिधी, उद्योग बाणिज्य संघका प्रतिनिधी र प्रशिक्षक १–१ जना गरी ५ जनाको मूल्यांकन समिमितीले छनौट गर्ने छन् । आज छनौटमा परेका ४० जनाले जनही २५ हजारका दरले पुरक अनुदान पाउने छन् भने आइतबार छानिने १० जनाले जनही १ लाखका दरले पुरक अनुदान पाउने पनी कार्यक्रम संयोजक बुढामगरले जानकारी दिए ।
कार्यक्रम अन्तरर्गत प्रदेश सरकारले ४० लाख, गाउँपालिकाको २० र दायित्व नेपालको १५ लाख गरी कुल ७५ लाखको कार्यक्रम रहेको छ । उद्यमीहरुले प्रदेश र पालिका अन्रर्गतको ६० लाख अनुदान सिधै पाउने छन् भने दायित्व नेपालबाट खर्च हुने १५ लाखको भने प्राविधिक सहयोग, क्षमता अभिबृद्वि र प्रशासनिक ब्यवस्थापनमा खर्च हुने संयोजक बुढा मगरले जानकारी दिए । छनौंटमा परेका उद्यमीहरुमा पाहुना घर सञ्चालक, कृषि, पशुपालन, मौरी पालन, सौन्दर्य कला, केरा, किवी तथा अलौची एवं कफी खेती गर्ने किसानहरु रहेका छन् ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
पालुङटारमा अबैज्ञानिक जग्गा वर्गीकरण र मूल्य निर्धारण सच्याउन राष्ट्रिय स्वतन्त्र पार्टीको माग
-
गायिका मधु रसाइली सम्मानित
-
गायिका एलिना चौहानले मनाइन् जन्मदिन : अशक्तलाई आर्थिक सहयोग, बाँदरलाई केरा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल