
सुन्दरबजार नगरपालिका—९ भोटेओडार स्थायी ठेगाना भइ हाल बेलायतमा बसोबास गर्नुहुने शान्ती (राजशान्ती) सुनारलाई राष्ट्रिय समाजसेवा सम्मान प्रदान गरिएको छ ।
चौँथो क्वलिटी इन्टरटेनमेन्ट अवार्ड–२०८१ को अवसरमा सुनारलाई राष्ट्रिय समाजसेवा सम्मान प्रदान गरिएको हो । लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएता पनि उहाँले समाजमा पु¥याउनुभएको योगदानको उच्च मुल्याकंन गर्दै राष्ट्रिय समाजसेवा सम्मान प्रदान गरिएको क्वालिटी फिल्मस् प्रा.लिका अध्यक्ष तथा प्रबन्ध निर्देशक उमेश गुरुङले बताउनुभयो । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइको प्रमुख आतिथ्यतामा काठमान्डौमा भव्य समारोहकाबीच सम्पन्न भएको चौँथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड–२०८१ को अवसरमा सुनार सम्मानित हुनुभएको हो ।
उहाँ हाल बेलायतामा भएका कारण सम्मान कार्यक्रममा उपस्थित हुन सक्नुभएन । उहाँको सम्मानपत्र राजशान्ती फाउण्डेशनका सदस्य राजन गहतराजले ग्रहण गर्नुभएको छ । सुनार दम्पतीले राजशान्ती फाउण्डेशन स्थापना गरेर उक्त फाउण्डेशन मार्फत २०७२ सालदेखि हालसम्म एकदशको अवधिमा थुप्रै सामाजिक कार्यमा अग्रसरता देखाउँदै आउनुभएको छ । भुकम्पका बखत पीडितहरुलाई लत्ताकपडा, खाद्यन्नदेखि आर्थिक सहयोग नै किन नहोस आफ्नो तर्फबाट उहाँले सहयोग गर्नुभएको थियो । सुनार दम्पतीले आफ्नो परिवारको नाउँमा फाउण्डेशन स्थापना गरेर आफ्ना परिवारका सदस्यले कमाएको पाँच प्रतिशत रकम फाउण्डेशन मार्फत नेपालमा सहयोग गर्दै आउनुभएको छ । नेपालमा विपन्न परिवारका सदस्यको क्यान्सर एवं मृगौला पीडितको उपचारमा सहयोग, विपन्न मृतक परिवारको अन्तिम दाहसंस्कारमा सहयोग लगायतका कार्यहरुमा सक्रियाताकासाथ लागिपरेको भन्दै उक्त संस्थाले सम्मान प्रदान गरेको जनाएको छ ।
फाउण्डेशनमार्फत विपन्न परिवारका बालबालिकालाई शिक्षामा सहयोग जस्तै छात्रवृत्ति, विद्यालय पोषाक, विद्यालयका लागि आवश्यक शैक्षिक सामाग्री, स्टेशनरी लगायतमा उहाँहरुको योगदान अतुलनिय रहेको छ । यतिमात्र नभइ जिल्लाको पर्यटन प्रवर्दनका निम्ति म्युजिक भिडियो निर्माण, खेलकुदका गतिविधि सञ्चालनमा आर्थिक सहायता, जिल्लामा आयोजना हुने सानाठुला कार्यक्रम सम्पन्न गर्न सहयोग, धार्मिक एवं साँस्कृतिक क्षेत्रको प्रवर्दन साथै संरक्षणमा उहाँले पु¥याउनुभएको योगदानको मुल्याकंन गर्दै सम्मान व्यक्त गरिएको गुरुङले बताउनुभयो । सुनार दम्पती राजकुमार सुनार (राजु) र शान्ती सुनारले निःस्वार्थ भावनाका साथ दुःख पीडामा रहेका हरेक नागरिकलाई आफ्नो व्यक्तिगत तर्फबाट सहयोग उपब्ध गराउँदै आउनुभएको छ ।
भौतिक रुपमा आफुहरु नेपालमा नरहेपनि नेपालको हरेक सुखदुःखमा सँगै हातेमालो गर्न पाउँदा, पीडितको मुहारमा थोरै भएपनि मुस्कान छर्न पाउँदा आफुलाई निकै खुसी मिल्ने सुनार दम्पतीको भनाई छ । मानिसले बाँचुञ्जेल असल सत्कर्म गर्नुपर्छ भन्ने भावनाका साथ स्वस्फुर्त रुपमा आफुले सकेको सहयोग गर्दै समाजमा सानो भएपनि इट्टा थप्ने प्रयास गरेको राजशान्ती सुनारले बताउनुभयो ।
-
बाग्लुङ्गे समाज यूकेको बार्षिक भेटघाट कार्यक्रमको तयारी अन्तिम चरणमा: चर्चित कलाकारहरुको प्रस्तुति रहने
-
लमजुङ कलाकार समाजद्वारा समाजसेवि राजशान्ती दम्पती सम्मानित
-
धावा–काठमाडौं सम्पर्क समन्वय समितिको भित्तेपात्रो सार्वजनिक
-
कोटिहोममा भोलि देखि विभूति (भष्म), तिलक र प्रसाद वितरण गरिने
-
युवा व्यबसायी दुर्गालाल श्रेष्ठको नयाँ गीत ‘गाउँ बस्ती सुन्सान’ सार्वजनिक