
गोरखा, १३ जेठ। गोरखाको भिमसेन थापा गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गरिएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार भवन उद्घाटन गरेका हुन्।
सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्ण धिताल र प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाई लगायतको उपस्थिति थियो। तीन करोड ४० लाख ५२ हजार रुपैयाँ लगानीमा २० कोठे भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।
पूर्ववर्ती नेतृत्वको कार्यकालभरि केन्द्र कहाँ राख्ने भन्ने विषयमा विवाद रहँदै आएको गाउँपालिकाले अहिले आएर घ्याम्पेशालस्थित खानचोकमा आधुनिक सुविधा सम्पन्न भवन निर्माण गरेको हो। दुईतले नयाँ भवनमा २० वटा कोठा छन्, जसमा एक सभाहल र बैठक कक्ष रहेका छन्।
भिमसेन थापा गाउँपालिकाको नवनिर्मित भवन ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीका अनुसार यो भवन निर्माणमा तीन करोड ४० लाख ५२ हजार ७०६ रूपैयाँ ८ पैसा खर्च भएको छ। २०७८ माघ ७ मा निर्माण कम्पनीसँग सम्झौता भई २०७९ माघ ७ भित्र निर्माण सम्पन्न गर्ने योजना भए पनि विविध कारणले ढिलाइ भएपछि म्याद दुई पटक थपेर २०८० सालको पौष मसान्तसम्मका लागि तोकिएको थियो। निर्धारित म्यादभन्दा करीब एक वर्ष ढिलो गरी भवन निर्माण सम्पन्न भएको हो।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी