
काठमाडौँ । पर्सामा रवि लामिछाने विरुद्ध मुद्धा दर्ता भएको छ । उनी बिरुद्ध आज पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको बुझिएको छ । लामिछाने बिरुद्ध वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेको हो । प्रहरीले अनुसन्धान सकेर करिब १ महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो । त्यसै आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो । रवि बिरुद्ध ५ ओटा जिल्लामा सहकारीको रकक अपचलन गरेको आरोप लागेको छ । सानो पाइला सहकारीको कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ ११ पैसा हिनामिना गरेको अभियोग छ।
सहकारी रकमको अपचलन भएको १ अर्ब ८५ करोड ५७ लाख ९१ हजार ७२३ रुपैयाँ र सहकारीमा मौज्दात देखिनुपर्ने रकम ४४ करोड ५६ लाख ३८ हजार ७७ रुपैयाँ २९ पैसा बिगो कायम गरिएको छ। रवि लामिछानेको हकमा सहकारीलाई तिर्नुपर्ने ५ करोड ७४ लाख ३० हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा बिगो कायम गरिएको छ। यस्तै जोशीलाई ३ करोड २४ लाख ३३ हजार रुपैयाँ ३३ पैसा बिगो कामय भएको छ।
सानोपाइला सहकारी ठगीको आरोपमा २०६ जना पीडितले जाहेरी दिएका थिए। सानो पाइला सहकारीलाई ३० जना प्रतिवादीबाट १ अर्व ३२ करोड ४६ लाख १२ हजार ४५ पैसा बिगो भराउन माग गरिएको छ। लामिछानेले ४ करोड २४ लाख ३० हजार ३३३ रुपैयाँ गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी