logo

मंगलबार, असार १० २०८२

kantipurpationlinetv

२०८२ असार १० मंगलबार

रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रवक्तामा मनिष झा नियुक्त

रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रवक्तामा मनिष झा नियुक्त


  • शनिबार, असार ७ २०८२
  • 9.2K
    SHARES

    काठमाडौं, असार ७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको नेतृत्व तहमा फेरबदल गर्दै कविन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्ता को जिम्मेवारी दिएको छ।

    पार्टीका पूर्व महामन्त्री डा. मुकुल ढकाललाई पार्टीले गत साता अनुशासनहीनताका आधारमा पदमुक्त गरेपछि रिक्त रहेका जिम्मेवारीमा नयाँ नियुक्ति गरिएको हो। पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार दुवै नियुक्ति हाललाई कार्यवाहक रूपमा गरिएको जनाइएको छ।

    नयाँ महामन्त्री बनेका कविन्द्र बुर्लाकोटी र प्रवक्ता झालाई पार्टीको सांगठानिक सुदृढीकरण, आन्तरिक समन्वय र बाह्य सञ्चारको भूमिका निर्वाह गर्नुपर्ने चुनौती रहन गएको छ। पार्टीले यी नियुक्तिबाट आन्तरिक विवाद समाधानतर्फ सकारात्मक संकेत दिएको विश्लेषण गरिँदैछ।

    यसअघि पार्टीभित्रको असमझदारी र अनुशासन सम्बन्धी विषयमा विभिन्न विवाद उत्पन्न भएका थिए। डा. मुकुल ढकालमाथि पार्टी हितविपरीत अभिव्यक्ति दिएको आरोप लागेको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech