
गोरखा, पालुङटार – पालुङटार नगरपालिकामा हालै गरिएको जग्गा वर्गीकरण तथा मूल्य निर्धारणको निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी, पालुङटार गोरखाले ती निर्णय तत्काल संशोधन गर्न माग गरेको छ।
पालुङटार नगर कमिटिका सभापति आनन्द राज पाण्डेको नेतृत्वमा पालुङटार नगरपालिका प्रमुख विवश चिन्तनलाई ध्यानाकर्षण पत्र बुझाउँदै उक्त निर्णयहरू अबैज्ञानिक, अस्वाभाविक र जनभावनाविपरीत भएको बताएको छ। ध्यानाकर्षण पत्रमा जनताको दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने गरी गरिएको निर्णयले नगरप्रतिको विश्वासमा समेत आघात पुगेको उल्लेख गरिएको छ।
रास्वपाले चारवटा मुख्य माग राखेको छ:
- अबैज्ञानिक रूपमा गरिएको जग्गा वर्गीकरण तत्काल पुनरावलोकन गरी वैज्ञानिक र वस्तुनिष्ठ आधारमा पुनर्वर्गीकरण गरियोस्।
- अस्वाभाविक रूपमा निर्धारण गरिएको जग्गाको मूल्य स्थानीय आर्थिक अवस्थासँग मेल खाने गरी पुनः परीक्षण गरियोस्।
- स्थानीयवासी, सरोकारवालासँग परामर्श गरेर निष्पक्ष र न्यायोचित समाधान अघि सारियोस्।
- सम्पूर्ण निर्णय प्रक्रिया पारदर्शी र उत्तरदायी बनाइयोस्।
नगर प्रमुखलाई बुझाइएको ध्यानाकर्षण पत्रमार्फत रास्वपा पालुङटारका नगर सभापति आनन्द राज पाण्डेले नगरवासीको पीडा प्रति तत्काल सम्बोधन गर्न र जनताको माग कार्यान्वयन गर्न आग्रह गरेका छन्।
तस्बिरहरू
-
युवा व्यबसायी दुर्गालाल श्रेष्ठको नयाँ गीत ‘गाउँ बस्ती सुन्सान’ सार्वजनिक
-
पालुङटारमा अबैज्ञानिक जग्गा वर्गीकरण र मूल्य निर्धारण सच्याउन राष्ट्रिय स्वतन्त्र पार्टीको माग
-
बाग्लुङ्गे समाज यूकेको बार्षिक भेटघाट कार्यक्रमको तयारी अन्तिम चरणमा: चर्चित कलाकारहरुको प्रस्तुति रहने
-
लमजुङ कलाकार समाजद्वारा समाजसेवि राजशान्ती दम्पती सम्मानित
-
धावा–काठमाडौं सम्पर्क समन्वय समितिको भित्तेपात्रो सार्वजनिक