logo

बुधबार, असार २५ २०८२

kantipurpationlinetv

२०८२ असार २५ बुधबार

गजुरीमा जनतासँग गाउँपालिका अध्यक्ष नारासहित प्रत्येक टोल–बस्तीमा पुग्ने तयारी

गजुरीमा जनतासँग गाउँपालिका अध्यक्ष नारासहित प्रत्येक टोल–बस्तीमा पुग्ने तयारी


  • मंगलबार, बैशाख ३० २०८२
  • 3.1K
    SHARES

    गजुरी: गजुरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियालाई समावेशी, सहभागी र जनउत्तरदायी बनाउने उद्देश्यले प्रत्येक वडाका टोल–बस्तीमा पुगेर राय, सल्लाह तथा सुझाव संकलन कार्यक्रम सञ्चालन थालेको छ।

    “जनतासँग गाउँपालिका अध्यक्ष” भन्ने मूल नारासहित सुरु गरिएको यो अभियान जेठ ५ गते देखि जेठ १६ गते सम्म वडा नं. १ देखि ८ वटै वडामा समेत क्रमश सन्चालन हुनेछ।

    गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको नेतृत्वमा सुरु भएको यस अभियानमा स्थानीय जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, उपभोक्ता समिति, बुद्धिजीवी वर्ग, शिक्षक, किसान, व्यवसायी तथा आम नागरिकहरूसँग प्रत्यक्ष संवाद गरी स्थानीय आवश्यकता, समस्या तथा सुझाव संकलन गरिनेछ।

    कार्यक्रमको तालिकाअनुसार वडा नं. १ को आदामारा चौतारा बरेछाप,छात्राबास वडा नं. २ को मलेखु बजार, डुडेठाटी स्वास्थ्य चौकी, वडा नं.३ को भञ्ज्याङ पोखरी, वाल्सिङ, गदाल,वडा नं. ४ को चिउरी खर्क,बालुवा डांंडा,गैरीगाउँ पुरानो स्कुल,वडा नं. ५ को  घाटबेशी बजार, राईगाउँ, मानेभञ्ज्याङ, मुला खर्क, वडा नं. ६ को बन्छेटार, आदामघाट, मिलनटार, वडा नं. ७ को स्यामैडाँडा, बगैंचा,कुपिनडे , वडा नं. ८ को चैनपुर, कटुन्जे, मजुवा, थुम्की डाँडा लगायतका स्थानमा कार्यक्रम तय गरिएको छ।

    गाउँपालिकाले वडा कार्यालयहरूमार्फत समन्वय गरी प्रत्येक स्थानमा सहज र प्रभावकारी छलफल सुनिश्चित गर्ने जनाएको छ।

    अध्यक्ष गणेशलाल श्रेष्ठले भन्नुभयो, “नीति तथा कार्यक्रम निर्माणको जग नै जनताबाट सुरु हुनु पर्छ। गाउँ–बस्तीमै गएर जनताको माग र विचार सुनेर मात्र समावेशी योजना बनाउन सकिन्छ भन्ने सोचले हामीले यो कार्यक्रम ल्याएका हौं।”

    यस कार्यक्रमबाट प्राप्त राय, सल्लाह तथा सुझावलाई नीतिगत दस्तावेजमा प्राथमिकताका साथ समावेश गरिने र त्यसअनुसार बजेट विनियोजन गरिने गाउँपालिकाले स्पष्ट पारेको छ।

     


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech