
काठमाडौं । ‘दुश्मन हेरेको हेर्यै’ गीतले युट्युबमा १० करोड भ्यूज पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसका सर्जक दुर्गेश थापालाई बधाई दिएका छन् । आइतबार बेलुका प्रधानमन्त्री ओलीले सामाजिक संजाल पोस्टमार्फत दुर्गेशलाई बधाई दिएका हुन् । ‘नयाँ पिँढीले बेग्लै स्वादका गीतसंगीतमा रुचि देखाउन थालेको दुश्मन हेरेको हेर्यै गीतबाट थाहा हुन्छ’ प्रधानमन्त्रीले भनेका छन् ।
‘दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन (१० करोड) पुगेको छ । गीतका सर्जक दुर्गेश थापालाई बधाई’ प्रधानमन्त्रीले लेखेका छन् ।
दुर्गेशले पनि प्रधानमन्त्रीको उक्त स्टाटस सेयर गर्दै आफ्नो सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा थपिएको बताएका छन् । वरिष्ठ संगीतकार सुरेश अधिकारीले प्रधानमन्त्रीको बधाईको हकदार दुर्गेश मात्र नभएर सबै संगीतकर्मी र सर्जक रहेको बताएका छन् । पछिल्लो समय प्रधानमन्त्री ओलीको दल नेकपा एमालेले आयोजना गर्ने कार्यक्रममा पनि नयाँ पुस्ताका कलाकारले प्रस्तुति दिन थालेको देखिएको छ । यति मात्र होइन, सरकारले हालै दरबारमार्गमा गरेको कार्यक्रममा पनि नयाँ पुस्ताका ब्याण्ड र कलाकारले प्रस्तुति दिएका थिए ।
-
युवा व्यबसायी दुर्गालाल श्रेष्ठको नयाँ गीत ‘गाउँ बस्ती सुन्सान’ सार्वजनिक
-
पालुङटारमा अबैज्ञानिक जग्गा वर्गीकरण र मूल्य निर्धारण सच्याउन राष्ट्रिय स्वतन्त्र पार्टीको माग
-
बाग्लुङ्गे समाज यूकेको बार्षिक भेटघाट कार्यक्रमको तयारी अन्तिम चरणमा: चर्चित कलाकारहरुको प्रस्तुति रहने
-
लमजुङ कलाकार समाजद्वारा समाजसेवि राजशान्ती दम्पती सम्मानित
-
धावा–काठमाडौं सम्पर्क समन्वय समितिको भित्तेपात्रो सार्वजनिक