
सहिद लखन गाउँपालिकाको सत्रौं गाउँसभा आज सम्पन्न भएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ५९ करोड ८२ लाख ८७ हजार १ सय ९२ रुपैयाँको बजेट प्रस्तुत गरेको छ। यो चालु वर्षको तुलनामा करिब १ प्रतिशतले कम हो।
गाउँपालिकाले आन्तरिक स्रोतबाट रु २ करोड ३७ लाख ८० हजार राजस्व उठाउने अनुमान गरेको छ। संघ र प्रदेश सरकारबाट मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, विद्युत रोयल्टी, घरजग्गा दस्तुर, सवारी कर लगायतका शीर्षकबाट रु ११ करोड ६१ लाख ७४ हजार १ सय ९२ प्राप्त हुने अनुमान गरिएको छ।
संघीय सरकारबाट:
समानीकरण अनुदान: रु १४ करोड १६ लाख
सशर्त चालु अनुदान: रु २४ करोड ९८ लाख
सशर्त पूँजीगत अनुदान: रु २१ लाख
विशेष पूँजीगत अनुदान: रु १ करोड ६ लाख
समपूरक पूँजीगत अनुदान: रु ८७ लाख
प्रदेश सरकारबाट:
समानीकरण अनुदान: रु १ करोड ९९ लाख ७८ हजार
समपूरक पूँजीगत अनुदान: रु ६० लाख
विशेष अनुदान: रु ४० लाख
गत वर्षको नगद मौज्दात तथा जनसहभागिता समेत जोडेर कुल रु ५९.८२ करोड बराबरको बजेट विनियोजन गरिएको हो। विनियोजित बजेटमध्ये २२ प्रतिशत पूँजीगत खर्च र ७८ प्रतिशत चालू खर्च रहेको छ।
विषयगत बजेट विनियोजन विवरण:
आर्थिक विकास क्षेत्र: २.४%
सामाजिक विकास क्षेत्र: १०.४%
पूर्वाधार विकास क्षेत्र: १४.२%
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र: २.७%
कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च: १८.६%
सशर्त तथा विशेष अनुदानअन्तर्गतका योजना कार्यान्वयन: ५१.७%
गाउँसभामा प्रस्तुत बजेटले आगामी वर्षका योजना तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी