
गोरखा: धान दिवस तथा रोपाई महोत्सव कार्यक्रम अन्तर्गत असार १५ गते “धान बारीमा साधनता: खाध्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नारासहित सिरानचोक गाउँपालिकाले आगामी असार १५ गते धान दिवस तथा धान जाति प्रदर्शन कार्यक्रम आयोजना गर्ने भएको छ। गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार यस महत्वपूर्ण कृषिमूलक कार्यक्रमको तयारी तीव्र पारिएको छ।
कार्यक्रम सिरानचोक गाउँपालिका वडा नं ८, अर्खालमा बिहान १०:३० बजे सुरु हुने जनाइएको छ। धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा सञ्चालन गरिने कार्यक्रममा धान जातिको प्रदर्शनी, कृषकहरूको सहभागिता, सांस्कृतिक कार्यक्रम, तथा खाद्य सुरक्षासम्बन्धी छलफलहरू हुनेछन्।
सूचनामा भनिएको छ — यस पटकको धान दिवसलाई कृषिमा आत्मनिर्भरता र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले विशेष रूपमा मनाइनेछ। कार्यक्रममा गाउँपालिकाका वडाध्यक्ष, सदस्य, कर्मचारी, कृषक, सरोकारवाला, संघसंस्थाका प्रतिनिधि र सर्वसाधारणको सक्रिय उपस्थिति अपेक्षित गरिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद अर्यालले हस्ताक्षरित सूचनामा सबैलाई सहभागिताको लागि आग्रह गरिएको छ। साथै सूचना प्रविधि शाखामार्फत कार्यक्रमको जानकारी वेबसाइट र सम्बन्धित वडामा प्रवाह गरिने जनाइएको छ।
यो कार्यक्रमले कृषकहरूमा हौसला थप्नुका साथै खाद्य सुरक्षाको सवालमा जनचेतना अभिवृद्धिमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी