
तारकेश्वर नगरपालिकाको १७औं नगरसभा उद्घाटन सत्र आइतबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। नगर प्रमुख कृष्ण हरि महर्जनको अध्यक्षतामा सम्पन्न उक्त सत्रमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो।
नगर प्रमुख महर्जनले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभयो भने, उप–प्रमुख सृजना बुर्लाकोटी अर्यालले सोही वर्षको बजेट प्रस्तुत गर्नुभयो। उद्घाटन सत्रमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर सभासदस्यहरु, शाखा प्रमुखहरु, कर्मचारी, नगर प्रहरी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको शुरुवातमा प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभयो। त्यसक्रममा वडा नं. १ का अध्यक्ष बिदुर सापकोटा र वडा नं. ३ का अध्यक्ष परशुराम अर्यालले शुभकामना मन्तव्य राख्नुभयो।
नगर प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष राधाकृष्ण खड्कीद्वारा सञ्चालन गरिएको उक्त सत्रले तारकेश्वर नगरको आगामी आर्थिक वर्षको कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी