
गोरखा । आयआर्जन र जीविकोपार्जनसंग जोड्न गोरखा नगरपालिका क्षेत्रका महिला समुहलाई एड्भान्स पञ्चेवाजाको एड्भान्स तालिम दिएको छ ।
आयआर्जनसंग जोड्दै परम्परागत सीप र संस्कृतिको जगेर्ना गरी आत्म निर्भर बनाउने उदेश्यले एकिकरण नेपाल गोरखा र गोरखा नगरपालिकाले १५ दिनको नौमती वाजा, पञ्चैवाजा बजाउने एड्भान्स तालिम दिएको हो ।
गोरखा नगरपालिकाको उपप्रमुख सवल नेतृत्व विकास कार्यक्रम र एकिकरण नेपाल गोरखाको संयुक्त लगानीमा नगरक्षेत्रका सात वटा वडामा सो तालिम दिइएको बताइएको छ ।
पहिलो चरणको तालिम गत जेठ २६ देखि असार ९ गते सम्म सम्पन्न भएको थियो । जसमा गोरखा नगरपालिकाको वडा नं ६, ९, १० र ११ का विभिन्न वाजा समुहको महिलाहरुको सहभागिता रहेको थियो ।
दोश्रो चरणको तालिम जेठ २८ देखि असार ११ गते सम्म आयोजना गरिएको थियो । यसमा गोरखा नगरपालिकाको वडा नं १, २ र ४ गरी ४ वटा महिला समुहको सहभागिता रहेको थियो ।
१५ दिन संचालन भएको उक्त तालिममा ९० जनाको सहभागिता रहेको एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले बताए ।
कार्यक्रममा वाजा वजाउनको लागि आवश्यक सीप, ज्ञान र व्यवहारिक अभ्यासहरु सिकाइएको बताइएको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्ण वहादुर रानाले महिला दिदीवहिनीहरुले बाजा बजाई आफ्नो क्षमता अभिवृद्धि र आय आर्जनको वाटो तय भएकोमा खुशी व्यक्त गरे ।
त्यस्तै उप प्रमुख मसली माया थोकरले वाजा तालिम महिलाहरुको आयआर्जन, स्वतन्त्रता, सामुहिक काम, र संस्कृती जगेर्नाको एउटा महत्वपुर्ण काम भएको वताइन् ।
तालिमले आफुहरुमा सीप विकाससंगै आयआर्जनको बाटो खुलेको र दैनिक जिवनयापनमा यसले टेवा पुग्ने सहभागी महिलाहरुले बताएका छन् ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
पालुङटारमा अबैज्ञानिक जग्गा वर्गीकरण र मूल्य निर्धारण सच्याउन राष्ट्रिय स्वतन्त्र पार्टीको माग
-
गायिका मधु रसाइली सम्मानित
-
गायिका एलिना चौहानले मनाइन् जन्मदिन : अशक्तलाई आर्थिक सहयोग, बाँदरलाई केरा
-
लामो समयपछि राजु परियार र बिष्णु माझीको स्वरमा ‘लाउरे दाईलाई सलाम’ सार्वजनिक (भिडियो सहित)