logo

सोमबार, असार १६ २०८२

kantipurpationlinetv

२०८२ असार १६ सोमबार

भिमसेन थापा गाउँपालिकाको बजेट ६१ करोड ३२ लाख

भिमसेन थापा गाउँपालिकाको बजेट ६१ करोड ३२ लाख


  • मंगलबार, असार १० २०८२
  • 70
    SHARES

    गोरखा: भिमसेन थापा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६१ करोड ३२ लाख ७८ हजारको बजेट ल्याउको छ ।

    सोमबार भएको गाउँसभाको १६ औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष मृता देवी भट्ट वस्तीले आगामी आर्थिक वर्षको बजेट पेश गरेकी थिइन् । गाउँसभामा गाउँपालिका अध्यक्ष लोकप्रसाद वंजराले आगामी आर्थिकवर्षको नीति तथा कार्यक्रम पेश गरेका थिए । गाउँसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । गाउँसभामा उपाध्यक्ष भट्टले पेश गरेको विनियोजन विधेयक २०८२ र आर्थिक विधेयक २०८२ पनि सर्वसम्मत पारित भएको छ । उपाध्यक्षा तथा स्थानीय राजश्व परामर्श समितिका संयोजक भट्टले स्थानीय राजश्व परामर्श समिति तथा न्यायिक समितिको बार्षिक प्रतिवेदन सभामा पेश गरेकी थिइन । गाउँसभामा विषयत समितिहरु सुशासन, विधायन, लेखा समितिको बार्षिक प्रतिवेदन संयोजकहरुले पेश गरेका थिए ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech