logo

मंगलबार, असार २४ २०८२

kantipurpationlinetv

२०८२ असार २४ मंगलबार

चुमुनब्री गाउँपालिकाको बजेट ४६ करोड

चुमुनब्री गाउँपालिकाको बजेट ४६ करोड


  • मंगलबार, असार १० २०८२
  • 1.9K
    SHARES

    चुमनुब्री गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँसभाको १७ औं अधिवेशनमा अध्यक्ष निमा लामाले आगामी वर्षको नीति तथा कार्यक्रम पेश गरेका थिए ।

    नीति तथा कार्यक्रममा गाउँपालिकाले आर्थिक विकासका क्षेत्र, पर्यटन तथा संस्कृति, उद्योग व्यापार र व्यवसाय, सहकारी तथा वित्तिय सेवा, सामाजिक विकास क्षेत्र, स्वास्थ्य र पोषण, युवा तथा खेलकुद, लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण, खानेपानी तथा सरसफाई, पुर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकासका विषयलाई प्राथमितामा राखेको देखिन्छ ।

    सिर्दिबास, विही, प्रोक, चुम्चेत, छेकम्पार र ल्होमा स्याउ पकेट क्षेत्र सञ्चालन गरी आवश्यक प्राविधिक तथा आर्थिक अनुदान उपलव्ध गराइने उनले बताए । उक्त स्थानहरुबाट उत्पादित स्याउलाई मनास्लु स्याउको रुपमा ब्राण्डिङ गर्ने नीतिगत व्यवस्था गरिने नीति कार्यक्रममा उल्लेख छ । स्याउ प्रशोधन गरी बजारीकरण गर्ने कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रमले समेटेको छ ।

    गाउँपालिकाको केन्द्र जोड्ने मोटरेवल पुल निर्माण प्रक्रिया अगाडी बढाई चुमनुब्री गाउँपालिकालाई सडक सञ्जालले जोड्ने लक्ष्य लिइएको छ । बुढिगण्डकी फिलिम मोटरेवल पुल निर्माणका आवश्यक पहल गर्ने गाउँपालिकाको योजना छ । चुम उपत्यकाको ऐतिहासिक श्याग्या (अहिंसा) परम्परालाई गिनिज बुक अफ वल्ड रेकर्डमा राख्न विषेश पहल गरिने भएको छ । गाउँपालिकालाई सिसा तथा प्लाष्टिकमुक्त गाउँपालिका बनाउन आवश्यक नीतिगत व्यवस्था गर्दै कार्यान्वयनमा लागिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    चुमुनब्रीको आगामी वर्षको लागि ४६ करोडको बजेट

    चुमुनब्री गाउँपालिकाको आगामी आथिक वर्ष २०८२/०८३ को ४६ करोडको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गुरुङले मंगलबार गाउँसभामा ४६ करोड ४ लाख ५१ हजार ९ सय रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।

    जसमध्ये चालुतर्फ २८ करोड २० लाख ११ हजार र पुँजीगत तर्फ १७ करोड ८४ लाख ४० हजार बजेट पेश गरिएको छ । यसैगरी नेपाल सरकारको वित्तीय समानीकरण अनुदानबाट ८ करोड ७३ लाख, संघीय विभाव्य कोषबाट प्राप्त हुने राजश्व बाडफाड तर्फ ११ करोड ९८ लाख, सशर्त अनुदान तर्फ १० करोड ८३ लाख बजेट प्राप्त हुने अनुमानित गरिएको छ ।

    त्यस्तै विशेष अनुदानमा १ करोड १० लाख, समपुरक अनुदानमा १ करोड, प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान ८७ लाख, प्रदेश राजश्व बाँडफाँडबाट ९७ लाख बजेट आउने गाउँपालिकाको अनुमान छ । भने आन्तरीक राजश्वबाट १ करोड ५५ लाख ६८ हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको छ । सभामा पेश भएको नीति तथा कार्यक्रम र बजेट आवश्यक छलफल पछि पारित गर्ने कार्य तालिका रहेको प्रमुख प्रशासकिय अधिकृत मनोज लामिछानेले जानकारी दिए ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech