logo

मंगलबार, असार २४ २०८२

kantipurpationlinetv

२०८२ असार २४ मंगलबार

राइनास नगरपालिकाद्धारा उत्कृष्ट कृषक सम्मान

राइनास नगरपालिकाद्धारा उत्कृष्ट कृषक सम्मान


  • बिहिबार, असार १२ २०८२
  • 1.9K
    SHARES

    लमजुङको राइनास नगरपालिकाले पालिका भित्रका ६ जना किसानलाई सम्मान गरेको छ । नगरपालिकालले प्रत्येक वर्ष उत्कृष्ट किसान छनौट गरी नगद सहित सम्मान गर्ने गरेको छ । नगरप्रमुख उत्कृष्ट कृषक सम्मान कार्यक्रम अन्तर्गत यसवर्ष पनि व्यवसायिक
    पशुपालन तथा कृषि व्यवसाय गर्दै आएका किसानहरु सम्मानित भएका छन् ।

    नगरपालिकाले एक जनालाई सर्वोउत्कृष्ट र पाँच जनालाई उत्कृष्ट किसानको रुपमा छनौट गरी सम्मान गरेको छ । जसमध्ये राइनास नगरपालिका वडा नं. १ का टेकवहादुर गुरुङ सर्वोउत्कृष्ट कृषकको रुपमा सम्मानित हुनुभएको छ । अकबरे खुर्सानी, अदुवा खेती र तरकारी खेती गर्दै आउनुभएको गुरुङलाई सम्मान स्वरुप दोसल्ला ओढाएर २५ हजार रुपैया र सम्मानपत्र प्रदान गरिएको छ ।

    उत्कृष्ट किसानको रुपमा तरकारी तथा फलफुल खेती गर्दै आउनुभएका वडा नं. ५ तिनपिप्लेका लक्ष्मी कृषि फर्म सञ्चालक लक्ष्मीप्रसाद भट्ट, गाई पालन व्यवसाय गर्दै आउनुभएका वडा नं. ६ का अमल राज विसुराल, माछा पालन व्यवसायमा आवद्ध वडा नं. ७ का टुकवहादुर घले  रहनुभएको छ ।

    यसैगरी राइनास ९ मा बाख्रा पालन व्यवसाय गर्दै आउनुभएकी लक्ष्मी थापा र मसलाबाली टिमुर खेती सँगै मौरी पालन व्यवसायमा आवद्ध राइनास १० बावुराम न्यौपानेलाई सम्मान गरिएको छ । उत्कृष्ट कृषकको रुपमा सम्मानित हुने पाँच जना किसानलाई दोसल्ला ओढाएर, सम्मान पत्र र नगद १५ हजार रुपैया प्रदान गरिएको राइनास नगरपालिकाले जनाएको छ । सोमवार  नगरपालिकाको प्रशसाकीय भवन उद्घाटन समारोहमा नगरप्रमुख खड्गवहादुर गुरुङ, उपप्रमुख पुष्पराज खनाल, प्रमुख प्रशासकिय अधिकृत धनेश्वर पौडेलले संयुक्त रुपमा कृषकहरुलाई सम्मान गर्नुभएको हो ।

    कृषि तथा पशुपालनको क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै आगामी दिनमा पनि कृषि क्षेत्रमा काम गर्न थप प्रोत्साहन गर्ने उदेश्यले किसानहरुलाई सम्मान गरिएको नगरप्रमुख खड्गवहादुर गुरुङले बताउनुभयो । कृषक सम्मानले व्यवसायलाई निरन्तरता दिन र गैह्र कृषकहरुलाई पनि कृषि व्यवसायमा जोड्न प्रोत्साहित गर्ने अपेक्षा लिइएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech