logo

मंगलबार, असार २४ २०८२

kantipurpationlinetv

२०८२ असार २४ मंगलबार

गायिका एलिना चौहानले सामाजिक सञ्जालमा अमर्यादित टिप्पणी गर्नेलाई सार्वजनिक गर्दै

गायिका एलिना चौहानले सामाजिक सञ्जालमा अमर्यादित टिप्पणी गर्नेलाई सार्वजनिक गर्दै


  • शनिबार, असार १४ २०८२
  • 3.9K
    SHARES

    काठमाडौँ । गायिका एलिना चौहानले आफ्नो सामाजिक सञ्जालमा अमर्यादित टिप्पणी गर्ने प्रयोगकर्तालाई सार्वजनिक गर्न थालेकी छन् । उनले फेसबुकको कमेन्टमा अमर्यादित टिप्पणी गर्नेहरूको स्क्रिनसट र प्रोफाइल लिंक आफ्नो फेसबुकमा सार्वजनिक गर्न थालेकी हुन् । उनले यस्ता टिप्पणी गर्ने प्रयोगकर्ताहरूलाई चेतावनी समेत दिएकी छन् । उनले अमर्यादित टिप्पणी गर्नेहरूलाई अब पालैपालो पोस्ट गर्ने बताएकी छन् ।

    यसअघि अभिनेत्री ऋचा शर्मा, गायिका समीक्षा अधिकारी र टिकटकर प्रिन्सी–प्रिज्मा खतिवडालगायतले पनि आफ्ना विरुद्धका अमर्यादित टिप्पणी गर्नेहरूको स्क्रिनसट र लिंक सार्वजनिक गरेका थिए । कलाकारहरूले सामाजिक संजालमा बढ्दो अमर्यादित टिप्पणीको विरोध गर्दै यसरी खुलासा गर्दै आएका छन् ।

    गायिका चौहानको डिभोर्सपछि उनका पूर्वपतिसँग नाम जोडेर सामाजिक सञ्जालमा उनको मजाक बनाउने काम पछिल्लो समय बढ्दो छ । यही क्रम निरन्तर बढेपछि एलिनाले पोस्ट हाल्न थालेकी हुन् ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech