
काठमाडौँ, ९ असार। इरानले कतारमा रहेको अमेरिकी सैन्य अखडामा आक्रमण सुरु गरेको इरानको सरकारी टेलिभिजनले जनाएको छ। कतारको राजधानी दोहामा विस्फोटको आवाज सुनिनुको साथै आकाशमा ज्वाला पनि देखिएको अल जजिराले बताएको छ।
इरानको रिभोलुसनरी गार्ड्सले पनि कतारस्थित अल उदेइद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरिएको पुष्टि गरेको छ। कतारी रक्षा मन्त्रालयले कुनै मानवीय क्षति नभएको बताएको छ। अल उदेइदमा १० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन्। पश्चिम एसियाका अनेकौँ मुलुकमा ४० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन्।
इरानले यहाँ आक्रमण गर्नुअघि कतार सरकारलाई जानकारी दिएको इरानी अधिकारीहरुले बताएका छन्। त्यसैले यसलाई थुप्रैले सांकेतिक हमलाका रूपमा पनि लिएका छन्। आक्रमणपछि इरानको रिभोलुस्नरी गार्ड्सले अमेरिका र इजरायललाई अब हानेर भाग्ने युग नरहेको भन्दै चेतावनी दिएको छ।
अमेरिकी अधिकारीलाई उधृत गर्दै सीएनएनले जनाएअनुसार कतारमा इरानले छोटो दूरी र मध्यम दूरीमा प्रहार गरिने ब्यालिस्टिक क्षेप्यास्त्रद्वारा आक्रमण गरेको हो।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
पालुङटारमा अबैज्ञानिक जग्गा वर्गीकरण र मूल्य निर्धारण सच्याउन राष्ट्रिय स्वतन्त्र पार्टीको माग
-
गायिका मधु रसाइली सम्मानित
-
गायिका एलिना चौहानले मनाइन् जन्मदिन : अशक्तलाई आर्थिक सहयोग, बाँदरलाई केरा
-
लामो समयपछि राजु परियार र बिष्णु माझीको स्वरमा ‘लाउरे दाईलाई सलाम’ सार्वजनिक (भिडियो सहित)