
गोरखा । गोरखाकाे भिमसेन थापा गाउँपालिकामा ७ वर्षिया बालिका झुण्डिएको अवस्थामा फेला परेकाे छ । भीमसेनथापा गाउँपालिका- १ गैराथोकी संगीता बराम आफ्नै घरभित्र झुण्डिएको अवस्थामा भेटिएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।
बाबु-आमा खेतमा काम गर्न गएकाे र हजुर बुवा बस्तु भाउ हेरीरहेकाे अवस्थामा नाम्लोको पाँशो लगाएर झुण्डीएकाे अवस्थामा देखेपछी बालिकाकाे दाइले हार गुहार गरेकाे पनि उनले बताए । शुक्रबार साँझ भएकाे उक्त घटना पछी जिल्लाबाट प्रनाउ सुवेदीकाे टाेली घटना स्थल पुगेर अनुसन्धान थालेकाे थियाे । प्रहरीकाे प्रारभ्भिक अनुसन्धानमा बालिका आफैले पाँसाे लगाएर झुण्डीएकाे देखिएकाे भएता पनि शव पाेष्टमार्टमका लागी शिक्षण अस्पताल महाराजञ्ज पठाइएकाे गाेरखा प्रहरीले जानकारी दिएकाे छ ।
साथी संगीहरूसँगै खेलिरहेकी उनी झुण्डिएको अवस्थामा फेला परेपछी परिवार र स्थानिलय घटना रहस्यमय भएको भनेपछी शवकाे पाेष्टमार्टमका लागी राजधानी पठाइएकाे सूचना अधिकारी सुवेदी बताए ।
मृत्तक बालिका स्थानीय कनकामना आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्ने बालिका भएकाे बुझन आएकाे गाेरखा प्रहरीले जनाएकाे छ ।
-
पालुङटारमा अबैज्ञानिक जग्गा वर्गीकरण र मूल्य निर्धारण सच्याउन राष्ट्रिय स्वतन्त्र पार्टीको माग
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
गायिका मधु रसाइली सम्मानित
-
गायिका एलिना चौहानले मनाइन् जन्मदिन : अशक्तलाई आर्थिक सहयोग, बाँदरलाई केरा
-
लामो समयपछि राजु परियार र बिष्णु माझीको स्वरमा ‘लाउरे दाईलाई सलाम’ सार्वजनिक (भिडियो सहित)