logo

आइतबार, असार १५ २०८२

kantipurpationlinetv

२०८२ असार १५ आइतबार

पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा

पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा


  • शनिबार, असार १४ २०८२
  • 34.9K
    SHARES

    पालुङटार, गोरखा: पालुङटार नगरपालिकाका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरुले एसईई परीक्षामा सत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् । एसईई २०८१ को नतिजा सार्वजनिक भएसंगै पालुङटारका नगरपालिका भित्रका २ वटा सामुदायिक विद्यालय र ३ वटा संस्थागत विद्यालय गरि पाँच वटा विद्यालयको शतप्रतिशत नतिजा आएको छ ।

    यसपटक नगरपालिकाभित्रका १८ वटा विद्यालयबाट विद्यार्थीहरूले परीक्षा दिएका थिए। यस वर्षको नतिजामा ५ वटा विद्यालयले १०० प्रतिशत सफलता हासिल गरेका छन्, जसमध्ये २ वटा सामुदायिक र ३ वटा संस्थागत विद्यालय रहेका छन्। सत प्रतिशत नतिजा ल्याउन सफल दुवै सामुदायिक विद्यालयको नेतृत्व युवाहरूले गरेका थिए। लक्ष्मी माविका प्रधानाध्यापक रमेश रोका र बालकल्याण माविका प्रधानाध्यापक प्रेम कोइरालालाई यतिबेला सामाजिक सञ्जालमा बधाई एवं शुभकामनाको ओहिरो लागेको छ ।  युवाहरूले नै नेतृत्व गरेका कारण एसईईमा दुवै विद्यालयको शतप्रतिशत नतिजा आएको भन्दै पालुङटारका युवा, अभिभावक, समाजसेवी, ‍राजनीतिज्ञ  एवं विभिन्न विशिष्ट व्यक्तित्वहरूले दुवै प्रधानाध्यापक संगै विद्यालय बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

    शतप्रतिशत सफलता प्राप्त विद्यालयहरू

    सामुदायिक विद्यालयहरू:

    •  बालकल्याण मावि – १५ सहभागी, १५ उत्तीर्ण → १००%
    • लक्ष्मी मावि – १० परीक्षार्थी सहभागी, १० उत्तीर्ण → १००%

    संस्थागत विद्यालयहरू:

    • युनाइटेड इङ्लिस बोर्डिङ स्कूल – १९ सहभागी, १९ उत्तीर्ण → १००%
    • ठाँटीपुह्री इङ्लिस बोर्डिङ स्कूल – १४ सहभागी, १४ उत्तीर्ण → १००%
    • गोरखा मोडेल स्कूल – २३ सहभागी, २३ उत्तीर्ण → १००%

    उत्कृष्ट प्रदर्शन गर्ने अन्य विद्यालयहरू:

    • जनता मावि – ३३ मध्ये ३० उत्तीर्ण → ९०.९१%
    • मिरकोट मावि – २५ मध्ये २१ उत्तीर्ण → ८४%
    • अमर ज्योति जनता मावि – ७५ मध्ये ५९ उत्तीर्ण → ७८.६७%
    • रजगरे मावि – २३ मध्ये १८ उत्तीर्ण → ७८.२६%
    • अकला मावि – ४५ मध्ये ३३ उत्तीर्ण → ७३.३३%
    • मडनडाँडा मावि – १७ मध्ये १२ उत्तीर्ण → ७०.५९%

    तुलनात्मक रूपमा कमजोर प्रदर्शन:

    • शारदा मावि – १८ मध्ये ६ उत्तीर्ण → ३३.३३%
    • जीवन ज्योती मावि – ८० मध्ये २९ उत्तीर्ण → ३६.२५%
    • धर्मोदय मावि – १३ मध्ये ६ उत्तीर्ण → ४६.४३%

    हेर्नुहोस् यो तालिका 

    नगरपालिकाका शिक्षा शाखा प्रमुखले विद्यालयहरूको समग्र नतिजा सुधारोन्मुख रहेको जनाउँदै शैक्षिक गुणस्तर अझ वृद्धि गर्न आगामी वर्षहरूमा शिक्षक तालिम, अभिभावक सहभागिता अभिवृद्धि,  शैक्षिक अनुगमन, तथा  उत्कृष्ट विद्यालय तथा विद्यार्थी सम्मान कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभएको छ।  नगर प्रमुखले सम्पूर्ण सफल विद्यार्थी, विद्यालय परिवार र अभिभावकहरूलाई बधाई दिँदै आगामी वर्षहरूमा अझ सशक्त योजनासहित अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech