logo

शुक्रबार, जेष्ठ १० २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ १० शुक्रबार

आन्दोलन नरोक्न शिक्षकहरुलाई प्रचण्डको अपिल

आन्दोलन नरोक्न शिक्षकहरुलाई प्रचण्डको अपिल


  • मंगलबार, बैशाख ९ २०८२
  • 5.4K
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकलाई आन्दोलनलाई निरन्तरता दिन अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवसमा बोल्दै अध्यक्ष प्रचण्डले शिक्षकहरुमाथि सरकारले पटकपटक अन्याय गरेको र सो धोका दोहोरिन नदिन आन्दोलनलाई निरन्तरता दिनुपर्ने बताए ।

    ‘म शिक्षक साथीहरुलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन अपिल गर्न चाहान्छु । तपाईँहरु पटकपटक आन्दोलन गर्नुभएको छ, पटकपटक सम्झौता भएको छ र पटकपटक धोका भएको छ ।’, अध्यक्ष प्रचण्डले भने, ‘यो पटक त्यस्तो हुन नदिने जिम्मेवारी तपाईँ हामी सबैको छ, त्यसमा पनि तपाईँहरुको भुमिका मुख्य छ । ’

    त्यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओली शिक्षकप्रति नकरात्मक हुँदा शिक्षामन्त्रीले नै राजीनामा बुझाउनुपर्ने बाध्यता भएबो बताएका छन् । उनले शिक्षकहरु आफूसँग भएका पुराना सहमति कार्यान्वयनको माग राख्दै आन्दोलनमा उत्रिँदा सरकारले  गैरजिम्मेवारपन देखाएको बताएका छन् । ‘आज शिक्षकका समस्या, माओवादी वा कुनै एक पार्टी विशेषका समस्या त हैनन् । यो त राष्ट्रकै समस्या हो । फेरी शिक्षकहरुले माग गरेको कुरा कुनै नयाँ कुरा हैन । हिजो सरकारले गरेको सहमति कार्यान्वयन गर भन्ने बाहेक केही पनि छैन । जे सम्झौता भएको थियो सोहीबमोजिम ऐन बनाइदेउ भन्ने बाहेक नयाँ कुरा भनेको त हैन । तर त्यसमा प्रधानमन्त्री अत्यन्त नकरात्मक भइदिएपछि स्वम् एमालेकै शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुभयो । यसबाट पनि सरकार कतिधेरै गैरजिम्मेवार छ भन्ने कुराको नयाँ प्रमाण प्रस्तुत भएको छ ।’, प्रचण्डले भने ।

    त्यस्तै उनले वर्तमान सरकार आफ्नै बोझ थाम्न सक्नेवाला नभएको र आफ्नै बोझमा थलिएर सिधिने बताए ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech