
काठमाडौं — रायन बस्याल र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ नेपाली गीत ‘कलियुगको राधा कृष्ण’ युट्युबमा एक करोड बढी पटक हेरिँदै करोड क्लबमा प्रवेश गरेको छ। गत कात्तिक २ (नोभेम्बर १८, २०२४) मा सार्वजनिक भएको यो गीतले छोटो समयमै दर्शक-श्रोताको अत्यधिक माया बटुल्न सफल भएको हो।
गीतमा शब्द सुर्यकुमार परियारले लेखेका हुन् भने संगीत र संगित संयोजन रायन बस्यालको रहेको छ। भिडियोमा रायन बस्याल, सन्चिता बोलाखे र निमिका थापाले अभिनय गरेका छन्। गीतले परम्परागत र आधुनिक प्रेमभावलाई कृष्ण–राधाको प्रतीकमार्फत कलात्मक ढंगले प्रस्तुत गरेको छ।
सजिलो लय, गहिरो भाव, सुन्दर छायांकन र सशक्त निर्देशनका कारण ‘कलियुगको राधा कृष्ण’ सामाजिक सञ्जालमा भाइरल बन्न सफल भएको हो। गीतको निर्देशन, कथा र सम्पूर्ण सिर्जनात्मक नेतृत्व रायन बस्यालले नै गरेका छन्।
गीतको करोड क्लब प्रवेशसँगै नेपाली लोकसङ्गीत क्षेत्रमा नयाँ ऊर्जा थपिएको बताइएको छ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी