logo

सोमबार, असार २३ २०८२

kantipurpationlinetv

२०८२ असार २३ सोमबार

बिमल कौशलको ‘लाजको पर्दा’ लाई सर्वाधिक रुचाईयो

बिमल कौशलको ‘लाजको पर्दा’ लाई सर्वाधिक रुचाईयो


  • बिहिबार, असार १९ २०८२
  • 22.6K
    SHARES

    काठमाडौं — गीतकार बिमल कौशलको शब्दमा तयार गरिएको ‘लाजको पर्दा’ बोलको गीतले युट्युबमा एक महिनामै उल्लेख्य सफलता पाएको छ। गीत सार्वजनिक भएको एक महिना भित्रै यसले ११ लाखभन्दा बढी भ्यूज पाएको छ। यो समाचार तयार पार्दासम्म गीतलाई ११ लाख ३५ हजार ४७२ पटक हेरिएको छ।

    खेम सेञ्चुरी र सुनितामी परियारको स्वर रहेको गीतको भिडियोमा चर्चित अभिनेता पल शाह र मोडल जुना विश्वकर्माको अभिनय रहेको छ। गीतमा संगीत हाकिम सुनारले भरेका हुन्।

    सुनितामी परियार नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोको निर्देशन विक्रम चौहानले गरेका हुन् भने छायांकन करण चैसिर एण्ड टिमले गरेका हुन्।

    ‘लाजको पर्दा’ गीतले सन्देशमूलक शब्द, गहकिला धुन र उत्कृष्ट अभिनयको संयोजनमार्फत दर्शक–श्रोताको मन जित्न सफल भएको प्रतिक्रिया प्राप्त भइरहेको छ।

     


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech