
पशुपति क्षेत्रमा नमूना संस्कृतिक डबली कार्यक्रमको विशेष आयोजनामा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । मानव सेवा फाउण्डेसन नेपाल लगायतका अन्य सामाजिक संघसस्थाको सहभागीतामा सरसफाई कार्यक्रम आयोजना गरिएको थियो । नमूना संस्कृतिक डबली कार्यक्रमको विशेष आयोजनामा सुरु भएको कार्यक्रममा सम्पूर्ण पशुपति क्षेत्र नै सरसफाई गरिएको थियो ।
सरसफाई कार्यक्रममा मानव सेवा फाउण्डेसन नेपालका करिब एक सय भन्दा बढी सदस्यहरुको सहभागीता रहेको थियो । त्यस्तै मानव सेवा फाउण्डेसन नेपाल,एकता होटेल तथा गेष्ठ हाउस व्यवसायि संघ,पशुपति सम्पदा बचाउ अभियान, सामूदायिक प्रहरीसेवा केन्द्र चावहिल,जय महांकाल युवा समूह,शान्तिपथ टोल सुधार समिती,दोल्खा तेक्वान्दो संघ, नमूना कार्यक्रम नेपाल, तिलगंगा महिला समूह लगायत संघसस्थाका प्रतिनीधीको सहभागीतामा रहेको थियो ।
मानव सेवा फाउण्डेसनले लामो समयदेखी नै यस्ता सरसफाई लागाय कोटिहोम लगायत धार्मिक अनुष्ठान पनि गर्दै आएको छ । पशुपति क्षेत्रमा पनि आगामी श्रावण १ गते देखि ऐतिहासिक श्री पशुपति मनकामना पूर्ती तथा संकट मोचन विराट ज्ञान महायज्ञको आयोजना गर्न लागेको छ ।
तस्बिरमा हेर्नुहोस्:
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी