
पोखरा: लोक संस्कृतिको संरक्षण र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै, पोखराको चिप्लेढुंगामा विगत २१ वर्षदेखि सञ्चालनमा रहेको निरमाया दोहोरी साँझका कलाकारहरुले मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका छन्।
संस्थाको २१ औँ वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिका–१७ स्थित आश्रममा करिब २५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री प्रदान गरिएको हो।
कलाकार प्रमुख गुप्त गुरुङका अनुसार, वार्षिकोत्सवका सांस्कृतिक कार्यक्रमबाट संकलित रकमबाट आश्रमलाई सहयोग हस्तान्तरण गरिएको हो। उनले भने, “कला र संस्कृतिको संरक्षणसँगै सामाजिक कार्यमा पनि अगाडि बढ्नुपर्छ भन्ने सोचले हामीले यो सहयोग गरेका हौं।”
असार १५ देखि २० गतेसम्म आयोजित वार्षिकोत्सव कार्यक्रममा राष्ट्रियस्तरका ख्यातिप्राप्त लोक तथा दोहोरी कलाकारहरुको प्रस्तुति रहेको थियो।
सहयोग हस्तान्तरण कार्यक्रममा सहभागी कलाकारहरुमध्ये प्रमुख नामहरु यसप्रकार छन्:
टेक क्षेत्री, टस गुरुङ, गुप्त गुरुङ, पाण्डव गुरुङ, किसान नेपाली, मनोज नेपाली, लक्ष्मण ठकुरी, प्रशान्त तामाङ, यम नेपाली, सञ्जय गायक, निकेश बिक, इन्द्रा गुरुङ, बत्ति थापा मगर, चिना थापा मगर, ललिता पुन, सुनिमा गुरुङ, पुजा तामाङ, निरुता थापा मगर, निशा गुरुङ, सरिता राई ।
गुप्त गुरुङको नेतृत्वमा रहेको यस कलाकार समूहले आगामी दिनहरुमा पनि यस्ता सामाजिक सेवामुलक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी