logo

सोमबार, असार २३ २०८२

kantipurpationlinetv

२०८२ असार २३ सोमबार

राजु आर.डी.को नयाँ गीत ‘माया लाम भने’ सार्वजनिक

राजु आर.डी.को नयाँ गीत ‘माया लाम भने’ सार्वजनिक


  • आइतबार, असार २२ २०८२
  • 5.7K
    SHARES

    काठमाडौं: नेपाली सांगीतिक बजारमा फेरि एक संगीतमय उपहार थपिएको छ। चर्चित गायक तथा संगीतकर्मी राजु आर.डी. को नयाँ गीत ‘माया लाम भने’ सार्वजनिक भएको छ। प्रेम र भावनाको गहिरो प्रसंग बोकेको यस गीतले छोटो समयमै दर्शक तथा श्रोताको मन जित्न थालेको छ।

    गीतमा गायक राजु आर.डी. का साथै लोकप्रिय गायिका पुर्णकला बिसी र मिना बुढाथोकीको स्वर सुन्न सकिन्छ। गीतको शब्द स्वयं राजु आर.डी. ले लेखेका हुन् भने झलक संगीतमले संगीत संयोजन गरेका छन्। विश्वास नेपालको एरेञ्ज, रमेश खड्का र रोजित श्रेष्ठको रेकर्डिङ र बिनोद परियारको मिक्सिङ–मास्टरिङले गीतलाई प्राविधिक रूपले समेत सशक्त बनाएको छ। गीत ओजोन स्टुडियोमा रेकर्ड गरिएको हो।

    सिर्फ गीतमै होइन, भिडियो पक्षमा पनि ‘माया लाम भने’ले उच्च स्तरको प्रस्तुतिमा ध्यान दिएको देखिन्छ। राजकुमार मगरको निर्देशन र सम्पादनमा तयार पारिएको भिडियोमा राजु आर.डी.सँगै सञ्चिता बोलाखे, सन्ध्या परियार र हरी भण्डारीले अभिनय गरेका छन्। छायांकनको जिम्मा प्रकाश खड्का र उनको टिमले सम्हालेका छन्। भिडियोको कोरियोग्राफी मुकेश नेपालीले गरेका हुन्।

    गीतलाई राजु आर.डी.को आधिकारिक युट्युब च्यानल ‍बाट सार्वजनिक गरिएको हो। गीतले दर्शकलाई पुरानो मायाको सम्झना दिलाउँदै भावनात्मक स्पर्श प्रदान गर्छ। भिडियोको कथा, अभिनय र दृश्य संयोजनले गीतको भावलाई थप सजीव बनाएको छ।

    संगीतप्रेमीहरूका लागि यो गीत एकदमै रमणीय बनिरहेको छ। “माया लाम भने” केवल एउटा गीत मात्र नभएर यो समर्पण, वियोग र सम्झनाको समग्र अनुभूति हो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech