logo

सोमबार, असार २३ २०८२

kantipurpationlinetv

२०८२ असार २३ सोमबार

‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न

‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न


  • आइतबार, असार २२ २०८२
  • 19.6K
    SHARES

    काठमाडौं, असार २२ : राष्ट्रिय लोकदोहोरी व्यवसायी संघको आयोजनामा “व्यवसायीसंग संघ” भन्ने मूल नाराका साथ विशेष कार्यक्रम सम्झना रोधी घर एण्ड आन्नद रेस्टुरेन्टमा सम्पन्न गरेको छ।

    संघका अध्यक्ष दीपसागर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोकसंगीत क्षेत्रसँग जोडिएका कलाकार, व्यवसायी, कर्मचारी लगायतको उल्लेखनीय सहभागिता देखिएको थियो। कार्यक्रमको दौरान अध्यक्ष थापाले संस्थाले कलाकार र कर्मचारीका लागि स्वास्थ्य बीमा, हस्पिटलसँग सहकार्य, तथा विभिन्न सहयोग कार्यक्रमहरू संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले ग्रीनसिटी हस्पिटलसँगको सहकार्यमार्फत कलाकारहरूलाई उपचार सुविधा उपलब्ध गराउने योजना सार्वजनिक गर्दै, आँखा शिविर सञ्चालनको तयारी भइरहेको जानकारी समेत दिनुभयो।

    संस्थाका उपाध्यक्ष दिलु सलामी मगरले कार्यक्रममा संस्थाले तयार पारेको आचारसंहिता वाचन गर्दै कलाकार, कर्मचारी र व्यवसायीहरूले पालना गर्नुपर्ने नैतिक तथा कानुनी पक्षको जानकारी दिनुभयो।

    कोषाध्यक्ष श्रीराम भण्डारीले आगामी दिनमा आपतकालीन अवस्था तथा अन्य सामाजिक कल्याणका लागि सहकारी शैलीमा कल्याणकारी कोष स्थापना गरिने अवधारणाको प्रस्तुति गर्नुभयो।

    कार्यक्रममा सम्झना रोधी घरका सञ्चालक खड्क बहादुर पुन ‘चञ्चल’ ले भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै व्यवसायी र कर्मचारी दुवैको हित हुने बताउनुभयो।

    त्यस्तै, केन्द्रीय सदस्य तथा रोधी घरका अर्का सञ्चालक सोनिज कार्कीले पनि संस्थाका सम्पूर्ण कर्मचारीको हितमा आफू सदैव तयार रहेको बताउँदै सघन सहयोगको प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा उपस्थित सबैले संघले लिएको सकारात्मक र व्यावसायिक पहलकदमीको प्रशंसा गर्दै आगामी योजनाहरूलाई सफल बनाउन सहकार्य गर्ने प्रतिबद्धता जाहेर गरेका थिए।

    उक्त कार्यक्रम संचालन भने राष्ट्रिय लोकदोहोरी व्यवसायी संघका महासचिव एवम् सालौजो रोधिघरका सञ्चालक नन्दु धर्ति मगरले गरेका थिए । कार्यक्रममा संघका केन्द्रीय सचिव एवम् डाँडाघरे रोधीघरका सञ्चालक सुनिल लामिछाने, केन्द्रीय सदस्य एवम् गण्डकी दोहोरी साँझकी सञ्चालिका सरिता अधिकारी, केन्द्रीय सदस्य एवम् शान्ती रोधिघरका सञ्चालक प्रकाश समीर, संघका केन्द्रीय सदस्य एवम् लालीगुरास नगरकोट रोधिका सञ्चालक हिरा लामा, केन्द्रीय सदस्य एवम् रातो रिबन रोधीघरका सञ्चालक उत्तम भण्डारी, केन्द्रीय सदस्य एवम्  म्हेन्दोमाया रोधिघरकी सञ्चालिका सीता लामा र केन्द्रीय सदस्य एवम्  मुर्छना रोधिघरकी सञ्चालिका गीता श्रेष्ठको बिशेष उपस्थिति रहेको थियो ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech