
“गीत संगीतमा समर्पण, रंग दर्पण” मूल सांगीतिक नारालाई आत्मसात गर्दै नेपाली गीत संगीतको संरक्षण, सम्बर्द्धन,प्रबर्द्धन र विकास गर्ने हेतुले २०८१ साल चैत्र ३० गते शनिवारका दिन नेपाल चलचित्र विकास वोर्डको हलमा आयोजित कार्यक्रम संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विशिष्ट संगीतकार तथा गायक श्री शम्भुजीत बासकोटा ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
मोडल तथा कलाकार पि.एन. सापकोटाले संचालन गरेको उक्त कार्यक्रममा वरिष्ठ गायक/संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझी ज्यू लाई दिर्घ साधना सम्मानद्वारा सम्मानित गरिएको थियो भने वरिष्ठ म्युजिक भिडियो निर्देशक उज्ज्वल के.सी. र वरिष्ठ रंग पत्रकार शान्तिप्रियलाई रजत सम्मानद्वारा सम्मान गरिएको थियो । त्यसैगरी शर्मिला गुरुङलाई लोकप्रिय लोकगायिका समान र शिव परियारलाई लोकप्रिय आधुनिक गायक सम्मानद्वारा सम्मानित गरिएको थियो भने दिपेन्द्र तिमल्सिनालाई दशकका युवा म्युजिक भिडियो निर्देशक सम्मानद्वारा सम्मानित गरिएको थियो ।
नेपाली गीत संगीतको विभिन्न विधामा योगदान पुर्याएका स्रष्टा/सर्जक, गायक गायिका, कलाकार तथा समाजसेवीहरूलाई रंग दर्पण कला समम्मानद्वारा सम्मानित गर्नुका साथै कार्यक्रममा लोक/पप र आधुनिक गरी ३७ विधामा अवार्ड प्रदान गर्दै जुरी, पब्लिक च्वाइस, पपुलर र प्रोत्साहन गरि जम्मा ४९ वटा ट्रफि र प्रमाण पत्र वितरण गरिएको उक्त कार्यक्रम आयोजक संस्थाका अध्यक्ष श्री ओम विकल ज्यूको सभापतित्वमा सम्पन्न भएको थियो ।
अवार्ड प्राप्त गर्न सफल स्रष्टा/सर्जक एवं कलाकार र विधाहरू यस प्रकार छन् ।
- १. सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत गायक थानेश्वर गौतम – मुटुभित्र नेपाल
- २. सर्वोत्कृष्ट मौलिक गीत गायक कृष्ण के.सी. – ठूली
- ३. सर्वोत्कृष्ट देउडा गीत गायक धर्मेन्द्र सुनार – नदेखिन्या घाउ
- ४. सर्वोत्कृष्ट लोक दोहोरी शब्द विक्रम वावु विश्वकर्मा – देऊ त्यो मन
- ५. सर्वोत्कृष्ट लोक दोहोरी लय अनिस दवाडी – तिम्रो त यो दुनिया छ
- ६. सर्वोत्कृष्ट लोक दोहोरी संगीत संयोजक सुनिल परियार – वनमा खयर
- ७. सर्वोत्कृष्ट लोक दोहोरी ध्वनी सम्पादन रेम सुनार – भटौला शनिवार
- ८. सर्वोत्कृष्ट लोक दोहोरी गायक नेत्र भण्डारी – झरी
- ९. सर्वोत्कृष्ट लोक दोहोरी गायिका शान्ति श्रीष मगर – जुनतारा
- १०.सर्वोत्कृष्ट लोक दोहोरी नवगायिका अनिता पुन मगर – साइली रिमै
- ११.सर्वोत्कृष्ट लोक दोहोरी मोडल (पुरुष) भुपेन्द्र डाँगी – कलेजी
- १२. सर्वोत्कृष्ट लोक दोहोरी मोडल (महिला) रजनी गुरुङ – ठुली
- १३. सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष (नृत्य) विकास फिरोज – कर्णाली र भेरी
- १४. सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला (नृत्य) रुविना अधिकारी – नजर लाग्लानी
- १५. सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष (नवप्रतिभा) वावुराम सुनार – दुई थोपा आँशु
- १६. सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला (नवप्रतिभा) निना बुढाथोकी – झरी
- १७. सर्वोत्कृष्ट लोक दोहोरी छाँयाकार राजेश घिमिरे – भुर भुर उडेकी चरी
- १८. सर्वोत्कृष्ट लोक दोहोरी सम्पादक मनोज कार्की – फुल हजार
- १९. सर्वोत्कृष्ट लोक दोहोरी निर्देशक (नृत्य) अशोक वि.क. – देऊ त्यो मन
- २०. सर्वोत्कृष्ट लोक दोहोरी निर्देशक आशिष गुरुङ – मायाको इतिहास
- २१. सर्वोत्कृष्ट आधुनिक शब्द सुनिल वि.सी. – जो छुट्यो त्यो आफ्नो
- २२. सर्वोत्कृष्ट आधुनिक संगीत रोशन सिंह – कस्तो थिए कस्तो भए
- २३. सर्वोत्कृष्ट आधुनिक संयोजन HBN KISMAT – कट्टा हान्दिन्छु
- २४. सर्वोत्कृष्ट आधुनिक ध्यनी सम्पादन कुमार राना – कस्तो थिए कस्तो भए
- २५. सर्वोत्कृष्ट आधुनिक गायक प्रताप दास – जिन्दगी मेरो
- २६. सर्वोत्कृष्ट आधुनिक गायिका एलिना चौहान – धोकेवाज
- २७. सर्वोत्कृष्ट आधुनिक अभिनय (पुरुष) मरिचमान श्रेष्ठ – निर्मोही
- २८. सर्वोत्कृष्ट आधुनिक अभिनय (महिला) पुजन घिमिरे – निर्मोही
- २९. सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष (नृत्य) जीवन कुमार ज्ञवाली – कल कल मुयाँ
- ३०. सर्वोत्कृष्ट आधुनिक मोडल महिला (नृत्य) आस्मा विश्वकर्मा – कट्टा हान्दिन्छु
- ३१. सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष (नभप्रतिभा) पुरु भण्डारी – कसैको हुदा दिन्न
- ३२. सर्वोत्कृष्ट आधुनिक छाँयाकार नवराज उप्रेती – निर्मोही
- ३३. सर्वोत्कृष्ट आधुनिक सम्पादक रबिन वि.क. – जवसम्म सास छ
- ३४. सर्वोत्कृष्ट आधुनिक निर्देशक (नृत्य) विक्रम चौहान – चस्मा लगाउली
- ३५. सर्वोत्कृष्ट आधुनिक भिडियो निर्देशक देवेन्द्र पाण्डे – मोहनी मायाले
- ३६. सर्वोत्कृष्ट पप गीत गायक सुरेश राना मगर – भिषा पास
- ३७. सर्वोत्कृष्ट पप गीत सम्पादक पुजन लामिछाने – काले
- ३८. सर्बोत्कृष्ट गित गायक भुपु पाण्डे – पिरै पिर
- ३९. पपुलर मोडल बिक्रम बुढाथोकी – कस्तो थिए कस्तो भए
- ४०.सर्बोत्कृष्ट लोक तथा दोहोरी गायिका पुजा परियार (पब्लिक च्वाइस ) – तिम्रो त यो दुनियाँ छ
- ४१. सर्बोत्कृष्ट लोक तथा दोहोरी गायक (जुरि) नन्दु परियार – देशै छोड्यौ नि
- ४२. सर्बोत्कृष्ट लोक दोहोरी भिडियो निर्देशक (जुरि) निशान बानिया – म मरेर के भो
- ४३.सर्बोत्कृष्ट आधुनिक भिडियो निर्देशक (जुरि) रेहन मिया – यो जीवन के छ
- ४४. सर्बोत्कृष्ट लोक तथा दोहोरी मोडल पुरुष अभिनय (जुरि) टीका भुजेल – पाली खरैको
- ४५. लोक तथा दोहोरी गित भिडियो सम्पादक (इन्करेजमेन्ट) असिम चन्द्र बिश्वकर्मा – दिउला चिनो
- ४६. लोक तथा दोहोरी गायिका नब प्रतिभा (इन्करेजमेन्ट) किरण श्रीपाली – जाले रुमालैमा
- ४७. लोक तथा दोहोरी मोडल महिला नव प्रतिभा (इन्करेजमेन्ट) रचना न्यौपाने – जुन तारा झिलिमिली
- ४८. लोक तथा दोहोरी मोडल महिला नवप्रतिभा (इन्करेजमेन्ट) नन्जिता सुनार – रिस र डाहा किन
- ४९. लोक तथा दोहोरी मोडल महिला नवप्रतिभा (इन्करेजमेन्ट) स्वेता श्रेष्ठ – उडाइ लग्यो हुरिले
हेर्नुहोस् तस्बिरहरु: