logo

शुक्रबार, असार २७ २०८२

kantipurpationlinetv

२०८२ असार २७ शुक्रबार

ओम चावहिल डेन्टल हस्पिटलद्वारा निःशुल्क दन्त तथा स्त्री रोग परीक्षण कार्यक्रम

ओम चावहिल डेन्टल हस्पिटलद्वारा निःशुल्क दन्त तथा स्त्री रोग परीक्षण कार्यक्रम


  • बिहिबार, असार २६ २०८२
  • 1.3K
    SHARES

    काठमाडौं, २०८१ असार २८ — ओम चावहिल डेन्टल हस्पिटल, कोटेश्वरले मम्स केयर पोलिक्लिनिक प्रा.लि. र निखिलेश्वर सामुदायिक भवनको संयुक्त आयोजनामा निःशुल्क दन्त तथा स्त्री रोग परीक्षण कार्यक्रम गर्ने भएको छ।

    उक्त कार्यक्रम २०८१ साल असार २८ गते शनिबार, बिहान ७:३० बजेदेखि कोटेश्वर भाटभटेनी पछाडि रहेको निखिलेश्वर सामुदायिक भवनमा सञ्चालन हुनेछ।

    दाँत तथा स्त्री स्वास्थ्यसम्बन्धी प्रारम्भिक परीक्षण तथा परामर्श निःशुल्क रुपमा प्रदान गरिने यस कार्यक्रममा सर्वसाधारणले प्रत्यक्ष लाभ लिन सक्नेछन्।

    कार्यक्रममा सहकार्य गर्ने संस्थाहरूमा सामाजिक युवा क्लब, सरस्वती युवा क्लब, द्विपनगर टोल सुधार समिति, वक्तृत्व समाज, होटेल ए वान मेनु कोटेश्वर, कोटिनायक इन्भेस्टमेन्ट प्रा.लि., निखिलेश्वर महिला बचत तथा ऋण सहकारी संस्था लि., प्रहरी प्रभाग र ट्राफिक प्रहरी प्रभाग कोटेश्वर रहेका छन्।

    ओम चावहिल डेन्टल हस्पिटलका सञ्चालक कृष्ण घिमिरेका अनुसार, “सर्वसाधारणमा स्वास्थ्यप्रति सचेतना फैलाउने र गुणस्तरिय सेवा दिने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो। यस्ता कार्यक्रमले समुदायलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिएका छौं।”

    “स्वस्थ दाँत, स्वस्थ जीवन” भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा आयोजकहरूले स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता अपेक्षा गरेका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech