
लामो समयपछि दर्शकले फेरि एकपटक सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को चर्चित जोडीलाई ठूलो पर्दामा हेर्न पाउने भएका छन् । यो जोडीले नयाँ फिल्म ‘पाँच पाण्डव’मा सँगै अभिनय गर्ने पक्का भएको छ । ‘सेन्टी भाइरस’ फिल्मपछि यो उनीहरूको पहिलो सहकार्य हुनेछ, यद्यपि यसबीचमा सितारामले ‘लाज शरणम्’मा अभिनय गरिसकेका छन् ।
यो फिल्मको निर्देशनको जिम्मा निर्देशक वसन्त निरौलाले सम्हाल्ने भएका छन् । काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुने यस फिल्ममा कल्याणी साखको लगानी रहनेछ । निर्माण टोलीले फिल्मलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने संकेत दिँदै यसको बजेट ३ करोड भन्दामाथि रहने बताइएको छ ।