logo

शनिबार, जेष्ठ ११ २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ ११ शनिबार

गायक अमर धितालको ‘रैछौ नौजाले’ सार्वजनिक

गायक अमर धितालको ‘रैछौ नौजाले’ सार्वजनिक


  • बुधबार, बैशाख १० २०८२
  • 22.5K
    SHARES

    काठमाडौ । नेपाली लोक तथा दोहोरी क्षेत्रका लोकप्रिय गायक अमर धितालको मौलिक दोहोरी गीत ‘रैछौ नौजाले’ सार्वजनिक भएको छ । पोखरा कार्यक्षेत्र बनाएर गित संगितमा प्रगति गरिरहेका लोक दोहोरी गायक धितालकै शब्द तथा संगीतमा सार्वजनिक यस गीतमा धितालसहित लोक गायक केशव देवकोटा, लोकदोहोरी गायिका कमला गैह्रे र सीता ढकाल कोइरालाको स्वर रहेको छ । गीतलाई दिवस थापा मगरले संगीत संयोजन गरेका हुन् । गीत सार्वजनिक भएको छोटो समयमै दर्शक श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। सुन्दा निकै आनन्द आउने र नाचौं नाचौं लाग्ने गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।

    गीतको लय शब्द र गायन जति उत्कृष्ट बनेको छ, त्यतिनै उत्कृष्ट भिडियो बनेको छ । लोकप्रिय निर्देशक होम गुरुङले निर्देशन तथा कोरियोग्राफी रहेको यस गीतको भिडियोमा जीवन वाग्ले र सरिता दानकुटीलगायतका कलाकारहरूले अभिनय गरेका छन् । गणेश सापकोटाले छायांकन गरेको गीतको भिडियोलाई सुवास अम्गाईले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई गायक अमर धितालकै युटुब चयानलमा अपलोड गरिएको छ ।

    लोकगायक धितालले आफूले सिर्जना गरेका हरेक गीतलाई दर्शक तथा श्रोताले हेरेर र सुनेर साथ दिएको बताउँछन् । गायक अमर धितालका यसअघिका ‘मायाको भाउ, दोहोरी भाका, भुरुरु मन उडी जाने, छाँगो खसेको’ लगायतका गीतलाई पनि दर्शकहरुले असाध्यै मन पराएका थिए ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech