
लोकप्रिय टिकटक स्टार तथा मोडल पवित्रा साकी, जसलाई धेरैले ‘मिस पवि’ को नामले चिन्छन्, उनले भर्खरै आफ्नो जीवनको एउटा अप्रत्याशित र पीडादायी पाटो सार्वजनिक गरेकी छिन् । एक युट्युब अन्तर्वार्ताका क्रममा उनले आफ्नो बाल विवाह भएको र १६ वर्षको कलिलो उमेरमै ‘डिभोर्स’ समेत भएको खुलासा गरेकी हुन् । अन्तर्वार्तामा विगत सम्झिएर आँशु रोक्न नसकेकी उनले आफ्नो कहालीलाग्दो पीडा अभिव्यक्त गरेकी छन् ।
उक्त घटनाले आफूलाई जीवनमा धेरै ठूलो पाठ सिकाएको उनको भनाइ छ । कानूनीरुपमा विवाह दर्ता नभए पनि एक प्रकारको वैवाहिक सम्बन्धमा रहेकी पवित्राले उक्त सम्बन्धबाट आफू अलग्गिएको बताइन् । आफ्नो पूर्व पार्टनरलाई कहिल्यै नराम्रो भन्न नचाहेको बताउँदै उनले भनेकी छिन्, ‘जुन कुरा भएको थियो, सकियो । यसमा मलाई कुनै पछुतो छैन ।’
त्यही घटनाबाट आफूले जीवनमा धेरै कुरा सिक्न पाएको र लाइफमा अघि बढ्नुपर्छ भन्ने प्रेरणा मिलेको उनले उल्लेख गरिन् । डिभोर्सकै पीडामा अल्झिएर रोइकराइ रहनु वा गुनासो गरिरहनु उचित नहुने उनको धारणा छ । बच्चा उमेरमा भएको उक्त घटनाको पीडा त्यतिबेला बुझ्न कठिन भएको र अहिले २५ वर्षको उमेरमा पुग्दा धेरै कुरा बुझेको उनले बताइन् ।
उक्त घटनापछि समाजले हेर्ने दृष्टिकोणका कारण आफूले कयौंपटक आत्महत्याको प्रयास समेत गरेको कहालीलाग्दो अनुभव सुनाइन् । ‘जुन समाजबाट म आएकी छु, त्यहाँ त्यसरी हेरिन्छ’ मिस पविले अन्तर्वार्तामा भनेकी छिन् । सानै उमेरमा यस्तो कठिन परिस्थितिको सामना गर्नुपरे पनि त्यसबाट पाठ सिकेर अगाडि बढेको उनको अनुभवले धेरैलाई प्रेरणा दिन सक्छ ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी