logo

शनिबार, जेष्ठ ११ २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ ११ शनिबार

शिक्षा मन्त्रीले बोलाए आन्दोलनरत नेपाल शिक्षक महासंघलाई वार्तामा

शिक्षा मन्त्रीले बोलाए आन्दोलनरत नेपाल शिक्षक महासंघलाई वार्तामा


  • शुक्रबार, बैशाख १२ २०८२
  • 5.1K
    SHARES

    नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत नेपाल शिक्षक महासंघलाई वार्ताका लागि आह्वान गरेका छन्।

    मन्त्री पन्तले शुक्रबार विज्ञप्ति निकाल्दै आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि सरकारका तर्फबाट आह्वान गरेका हुन्।

    ‘शिक्षकहरूसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछु,’ शिक्षा मन्त्री पन्तले भनेका छन्।

    विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएका छन् भने सर्वोच्च अदालतले पनि शिक्षकहरूका माग सम्बोधन गरी तीन दिनभित्र शिक्षकहरूलाई विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई आदेश दिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech