
काठमाडौँ । मोडल उषा उप्रेती फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । उनी एक्सन स्टार निखिल उप्रेतीले निर्देशन गर्न लागेको फिल्म ‘आचार्य’ मार्फत फिल्म अभिनयमा देखिन लागेकी हुन् ।
निखिलको फिल्ममा आफू अनुबन्धित भएको सामाजिक सञ्जाल मार्फत उषाले जानकारी दिएकी छन् । निखिल केही समयपछि फिल्म क्षेत्रमा कमब्याक हुन लागेका हुन् । फिल्ममा निखिल र सञ्चिता लुइँटेल समेत मुख्य भूमिकामा देखिनेछन् ।
फिल्मको निर्माण पनि निखिलले गर्न लागेका हुन् । फिल्मको विषयमा अन्य जानकारी कार्यक्रम सहित गराउने सोच निखिलको रहेको छ ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी