logo

शनिबार, जेष्ठ ११ २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ ११ शनिबार

बैशाख ३ गते श्री गण्डकी कोटिहोम महायज्ञको भूमिपूजन हुँदै

बैशाख ३ गते श्री गण्डकी कोटिहोम महायज्ञको भूमिपूजन हुँदै


  • मंगलबार, बैशाख २ २०८२
  • 8.8K
    SHARES

     

    पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञको भूमी पुजन यहि बैशाख ३ गते बुधबार गरिने भएको छ । यस अगाडी पोखराको लेकसाइड स्थित बाराहीघाट नजिकको जग्गामा कोटीहोम महायज्ञ संचालन गर्न आबश्यक प्रक्रिया पुरा गरि भुमीपुजन भैरहेको बेला पोखरा महानगरपालिकाका नगर प्रहरी सहित केहि वडाध्यक्षहरु    त्यहाँ पुगेर उक्त स्थानमा महायज्ञ हुन नदिने भन्दै बल प्रयोग गरेका थिए ।

    त्यसपछि  विभिन्न चरणमा बार्ता भएपनि पहिले भुमीपुजन भैसकेको लेकसाइडको जग्गामा महायज्ञ संचालन गर्न पोखरा महानगरले नमानेपछि महायज्ञ आयोजकहरुले स्थान परिबर्तन गरेर पोखराको बिरौटामा महायज्ञको तयारी गरेका छन। महायज्ञको हवन कार्य बैशाख १७ गतेबाट हुने भएपनि महायज्ञ अन्तर्गतका अन्य गतिविधिहरु भने संचालन भैरहेका छन र केहि क्रमश संचालनको प्रक्रियामा रहेका छन।

    महायज्ञस्थल पोखराको लेकसाइडबाट बिरौटामा स्थानान्तरण भएपछि नयाँ महायज्ञस्थलमा पनि भुमीपुजन गर्नुपर्ने भएकोले बैशाख ३ गते बुधबार बिहान भूमीपूजनसंगै मूलयज्ञकुण्ड  समेत खन्ने कार्यक्रम रहेको छ। भुमीपुजन र यज्ञकुन्ड खन्ने शुभसाइत बैशाख ३ गते निस्केकोले सोहि दिन भुमीपुजन सहित यज्ञकुन्ड पनि खनिने तयारी गरिएको महायज्ञका संकल्पकर्ता बाल योगेश्वर बिजय कृष्णमुर्ती महाराजले गुरुकुल खबरलाई जानकारी दिए । महायज्ञको आयोजक संस्था मानव सेवा फाउण्डेसन नेपालले उक्त दिन महायज्ञस्थलमा सहभागीताको लागि सम्पूर्ण भक्तजन हरुलाई आग्रह गरेको जनाएको छ ।

    यहि चैत्र १७ गते देखि कोटिहोम महायज्ञ स्थल बिरौटामा विविध कार्यक्रमसंगै श्रीमद्भागवत कथा प्रवचन पनि भइरहेको छ । चैत्र २९ गते शुक्देरबार देखि नेपालको कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले महायज्ञस्थलमा संगीतमय रुपमा भागवत कथा प्रवचन गरिरहेकी छन् । उनको कथा सुन्न उल्लेख्य संख्यामा भक्तजन र सर्बसाधारणहरु महायज्ञस्थलको प्रवचन कक्षमा उपस्थित हुने गरेका छन।

    अनुराधा पाण्डेय भन्दा पछि देबी प्रतिभा पोखराको कोटीहोम महायज्ञमा कथा बाचन गर्न आउने कार्यक्रम पनि तय भैसकेको छ। उनले बैशाख ५ गते शुक्रबारबाट कथा बाचन गर्ने कार्यक्रम तय भैसकेको छ। अन्य प्रशिद्द कथा बाचकहरु र नेपाल एबम भारतका सनातन धर्मका ज्ञाताहरु सहित बरिष्ठ व्यक्तित्वहरु महायज्ञमा उपस्थित भएर कथाबाचन संगै आशिर्बचन दिनेछन ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech