
लोक दोहोरी गायक सरोज लामिछानेले ‘मलाई ओके छ’ बोलको गीत सार्वजनिक गरेका छन् । ‘सरोज लामिछाने’ युट्युब च्यालनबाट सार्वजनिक गीतमा सरोजलाई शान्तिला सुब्बाले गायनमा साथ दिएकी छन् । लामिछानेले भर्खरै सार्वजनिक गरेको गितले पनि राम्रो चर्चा बटुलि रहेको छ।
सरोजकै शब्द संगीत रहेको गीतमा म्युजिक एरेन्ज विशाल तामाङले गरेका छन् भने पारस बुढाथोकी र ज्योति खड्काको अभिनय रहेको छ । माया, भावनात्मक समर्पण र सांस्कृतिक झल्को गीतमार्फत एकसाथ प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
प्रतिक्रिया दिनुहाेस्
सम्बन्धित