
काठमाडौ । नेपाली लोक तथा दोहोरी क्षेत्रका लोकप्रिय गायक एवम् सर्जक लव कुमार भट्टको मौलिक दोहोरी गीत ‘गोरखाको नारेश्वोर २’ सार्वजनिक भएको छ । नेपाली मौलिक कला संस्कृतीको जगेर्ना गर्दै आएका भट्टले गित संगितको माध्यमबाट आफनो जन्मभुमिको संरक्षण एवम् प्रबर्द्धन गर्दै आएका छन् ।
लव कुमार भट्ट र सन्तोष थापाको शब्द सृर्जना एवम् गायक भट्टकै सङ्गीतमा तयार भएको यस गीतमा कृष्ण केसीको म्युजिक एरेन्ज रहेको छ भने सन्तोष पौडेलले मिक्सिङ र माष्टरिङ गरेका हुन्। गितमा लव कुमार भट्टलाई गायिका रेजिना परियारले गाएर साथ दिएकी छिन् । गीत सार्वजनिक भएको छोटो समयमै दर्शक श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। सुन्दा निकै आनन्द आउने र नाचौं नाचौं लाग्ने गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।
गीतको लय शब्द र गायन जति उत्कृष्ट बनेको छ, त्यतिनै उत्कृष्ट भिडियो बनेको छ । गायक भट्टकै निर्देशन रहेको यस गीतको भिडियोमा लोकप्रिय कलाकारहरु सुमन परियार र सुशिला थापाले अभिनय गरेका छन् । बिरेन्द्र परियारले छायांकन गरेको गीतको भिडियोलाई अनिल बिष्ट प्युठानीले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई दिप लव क्रियशन युटुब चयानलमा अपलोड गरिएको छ ।
गायक भट्टले आफूले सिर्जना गरेका हरेक गीतलाई दर्शक तथा श्रोताले हेरेर र सुनेर साथ दिएको बताउँछन् ।भट्टका यसअघिका ‘गोरखाको नारेश्वोर, जेरीको छोरी, पुलिसमा भर्ति भाको छु, प्याउली फुल, सालीभेना’ लगायतका गीतलाई पनि दर्शकहरुले असाध्यै मन पराएका थिए । गित सार्वजनिक भए लगत्तै भट्टले कान्तिपुर पाटीसंग कुरा गर्दै भनेका छन् ‘ ब्यवसायिक कलाकारिता गर्न मलाई धेरै कुराले बाधेको छ । सबैभन्दा ठूलो कुरा त, क्षणिक नाम र दामको पछि लाग्नै चाहान्न, नेपाली मौलिक संस्कृतीको जगेर्ना गर्न सकु भन्ने लाग्छ । गित संगितको माध्यमबाट आफनो जन्मभुमिको संरक्षण एवम् प्रबर्द्धन गर्नु पनि हो । नारेश्वोरको गितबाट प्रभावित भएर नै अरुले पनि आफ्नो गाउँ ठाँउको गित बनाउने कार्य गरेको देख्दा मन हर्षित छु । गोरखाको नारेश्वोरको अपार सफलतापछी ‘गोरखाको नारेश्वोर २’ सार्वजनिक गरेको छु।’