
काठमाडौ । लोकप्रिय मौलिक निर्देशक दिप गुरुङको निर्देशनमा रहेको नया कौडा गित ‘ओइ निर’ अहिले सर्वाधिक चर्चामा छ । नेपाली लोक तथा दोहोरी क्षेत्रका लोकप्रिय गायक मौसम गुरुङ र चर्चित गायिका मेलिना राईको सुमधुर आवाजले सजिएको मौलिक कौडा गीत ‘ओइ निर’ सार्वजनिक भएको छ । गीतका शब्दहरु पछिल्लो समय गीति लेखनमा राज गरिरहेका सिताराम परियारले लेखेका हुन् । मौसम गुरुङको नै संगीत रहेको गीतलाई सागर बिरहीले संगीत संयोजन गरेका हुन् ।
सुन्दा निकै आनन्द आउने र नाचौं नाचौं लाग्ने गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । एक साता मात्र सार्वजनिक गरिएको गीतको भिवर्स भिवर्सको संख्या बढ्दो छ । भिवर्सले गीतलाई राम्रो प्रतिक्रिया दिएका छन् । मौलिक र उत्कृष्ट कौडा गीत ल्याएको भन्दै बधाई तथा शुभकामना दिएका छन् ।
गीतको लय शब्द र गायन जति उत्कृष्ट बनेको छ, त्यतिनै उत्कृष्ट भिडियो बनेको छ । लोकप्रिय निर्देशकदिप गुरुङले निर्देशन गरेको गीतको भिडियोमा आनन्द गुरुङ र सुस्मिता गुरुङको अभिनय रहेको छ ।
बिजय लामाले छायांकन गरेको गीतको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई निर्देशक दिप गुरुङकै युटुब चयानलमा अपलोड गरिएको छ ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी