logo

मंगलबार, असार २४ २०८२

kantipurpationlinetv

२०८२ असार २४ मंगलबार

खेम सेन्चुरी अब फिल्मी संगीतमा

खेम सेन्चुरी अब फिल्मी संगीतमा


  • बुधबार, बैशाख २४ २०८२
  • 10.4K
    SHARES

    काठमाडौँ । लोकप्रिय गायक खेम सेन्चुरीले चलचित्रमा समेत काम गर्ने भएका छन् ।

    ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ का लेखक तथा निर्देशक सरोज पौडेलले आफ्नो निर्माणाधीन चलचित्र कोशेढुङ्गामा खेम सेन्चुरीले संगीत गरेको एउटा गीत रहने बताएका छन् ।

    नेत्र अर्यालको शब्द रहने यो गीत तीज विशेष हुने बताइएको छ । ‘म त ढलेढले, सुर्ती माड्दा माड्दै, अरेली काँडैले, कट्टा हान्दिन्छु, नमस्ते ढोगदिया, मायालाई पानको पात, मायाले आँखै नलाउने, सोचे झैँ जिन्दगी रैनछ’ जस्ता सुपरहिट गीतमा संगीत र स्वर दिइसकेका गायक सेन्चुरीका लोकलयमा आधारित गीतहरू ट्रेन्डिङमा पर्ने गरेका छन् । नरदेवी फिल्मस्को प्रस्तुति रहेको फिल्ममा सरोज पौडेल निर्देशक छन् भने प्रेविल कँडेल र किशोर अनुराग निर्माताको रूपमा रहेका छन् ।

    फिल्मका कार्यकारी निर्मातामा दिनेश खड्का हुन् । आर्यन सिग्देल, सुरक्षा पन्त, नीति शाह, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, मन्जिल कुमार चलचित्रमा मुख्य कलाकारका रूपमा रहनेछन् ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech