
काठमाडौं । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दू धर्मका लागि भन्दै जनआन्दोलन घोषणा भएको छ । राजसंस्था पुनर्स्थापनाका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् ।
जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा पत्रकार सम्मेलनमा गरियो । घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत उपस्थित थिए ।







प्रतिक्रिया दिनुहाेस्
सम्बन्धित